विद्यालयका शिक्षक, विद्यार्थी राष्ट्रिय पोशाकमा चिटिक्क

सुर्खेत । मेरो टोपी कैलासको शिर जस्तो, हिमाली भीर जस्तो
कहिले पनि झुक्न नजान्ने, कहिले पनि लुक्न नमान्ने

गोपाल योञ्जनको यो गीतले भने झै ढाका टोपी पहिरीएपछि छाती चौडा भएको अनुभूति हुन्छ ।
शिरमा ढाका टोपी सौन्दर्यको साधनमात्र होइन राष्ट्रको पहिचान पनि भएकाले गौरव महसुस हुन्छ । खरानी रंगको दौरा सुरुवाल, स्टकोट, गून्यू चोली पोशाकमात्र होइनन्, राष्ट्रको पहिचान हुन् । सुर्खेतको वीरेन्द्रनगर-१ मा रहेको राइजिङ्ग स्टार एकेडेमीमा विद्यालयले नेपाली राष्ट्रिय पोषाक प्रचलनमा ल्याएको छ ।
राष्ट्रियता प्रतिको सम्मान र नेपाली संस्कृति संरक्षणका लागि राइजिङ्ग स्टार एकेडेमीमा छात्रहरूलाई दौरा सुरुवाल र टोपी, छात्राहरूलाई गून्यौ-चोली र शिक्षकहरूलाई पनि राष्ट्रिय पोषाक अनिवार्य गरिएको छ ।
विद्यालयले हरेक शुक्रवार राष्ट्रिय पोषाक अनिवार्य गरेपछि शिक्षक र विद्यार्थीहरू ढाका टोपि, दौरा सुरुवाल र गून्यू चोलीमा सजिएर आउन थालेका छन् । राष्ट्रिय पोषाकमा सजिएका विद्यार्थी र शिक्षकहरू आकर्षक देखिन्छ्न् ।
विद्यालयको पृथक पहिचान बनाउन र विद्यार्थीको कलिलो मस्तिस्कमा राष्ट्रियताको रंग भर्न नयाँ शैक्षिक सत्रको सुरूबाटै शिक्षक र विद्यार्थिहरूका लागि राष्ट्रिय पोशाक अनिवार्य गरिएको विद्यालयका प्रधानाध्यापक दिपक खड्का बताउँछ्न् ।

नेपाली पहिचान र गौरवसँग जोडिएको राष्ट्र्य पोषाक प्रचलनमा ल्याएको सुरुवाति चरणमा असहज भएपनि दिनप्रतिदिन दौरा सुरुवाल, गुन्यू चोलीमा विद्यालय आउने विद्यार्थिहरू बढेको विद्यालयकी शिक्षिका बताउँछिन् ।

विद्यालयका प्रधानाध्यपक खड्का का अनूसार अन्य शैक्षिक संस्थाहरूले पनि राष्ट्रिय पोषाक प्रचलनमा ल्याउनुपर्ने बताउँछ्न् ।