दैलेखका युवा राजेन्द्रको ईन्स्टिच्युटको प्रर्चा बितरकदेखि अन्तर्राष्ट्रिय अवार्ड सम्मको यात्रा

उमेरमा जागिर खाने अनि पैसा कमाउने रहर कसलाई हुँदैन ? सबैलाई हुन्छ । त्यस्तै रहर र सपना दैलेख जिल्लाको दुर्गम गाउँपालिका भगवतीमाई-४ मा जन्मिएका राजेन्द्र अधिकारीका पनि थिए ।

उमेर पुगेपछि राजेन्द्र २०७३ मा पहिलोपल्ट नेपाल प्रहरीको सहायक निरीक्षकको छ्नौटमा गए तर असफल भए । अर्को वर्ष फेरि गए, फेरि पनि फालिए, असफल भए । २०७४ मै नेपाल आर्मीको सेकेन्ड लप्टन बन्ने अभ्यास गरे । त्यहाँ पनि उनलाई सफलता मिलेन । अधिकारीलाई आफुले अध्यान गरिरहेको ईन्जिनियरिङको पढाई आफ्नो रुचि अनुरुप नभएको थाहा भएपछि पढाई त्यागेर पोखरा तिर लागें । तर उनको धोको भनें कर्णाली प्रदेशको पहिलो अल्ट्रा लाईट पाईलट बन्ने थियो । अल्ट्रा लाईट पाईलट बन्न लिखित परिक्षामा उतिर्ण भएपनी फ्लाईङ कोर्स भनें पूरा गर्न सकेनन् । २०७६ मा उनिले सशस्त्र प्रहरी बलको सहायक निरीक्षक(असई) काे लागि प्रयास गरें अन्तिममा त्यहाँ पनि असफल हुनुपर्यो ।

त्यस्पछि उनलाई लाग्न थाल्यो असफलताको अर्को नाम राजेन्द्र (आफु) हाे । राजेन्द्रलाई देख्ने, बुझ्ने र चिन्नेहरूलाई पनि यस्तै लाग्न थालेको थियो । परिवार साथिभाई, छरछिमेकको सिको गर्दै राजेन्द्र कहाँ कहाँ पो पुगेनन् र ! तर राजेन्द्रले भनें हरेश खाएनन् । राजेन्द्रले सानो छदा रूचि अनुसारकै कर्म गर्नुपर्छ भन्ने सुनेका मात्र थिए । तर आफैले तमाम असफलता भोगेपछि आफ्नो रुचि अनुसार कै कर्म किन गर्नुपर्दो रहेछ भन्नें जानें । त्यसपछि उनी आफु भित्रको खुबि र रुचि खोज्न थाले ।

उनी सानैदेखि बोल्न र नेतृत्वमा अब्बल थिए । राजेन्द्रको बक्तृत्वकला, हाजिरीजवाफ, कबिता, गजल, गित उत्कृष्ट शैलीमा प्रस्तुत गर्ने खुबी निकै राम्रो थियो । उसो त १२ बर्षको कलिलो उमेरमै राजेन्द्र जुनियर रेडक्रस अन्तर्गत विद्यालयको अध्यक्ष बन्ने अवसर पाएका थिए ।

आफ्नो रूचि र खुवि केलाउँदै जाने क्रममा “ड्रिम बिग प्रोजेक्ट” को सुरुवात गरे । फलस्वरुप “ड्रिम बिग प्रोजेक्ट” मार्फत ४ वर्षको अन्तर्रालमा कर्णाली प्रदेशका करिव ५ हजार विद्यार्थीहरू र युवाहरूलाई आफ्नो रूचि र खुवि अनुरुपको कर्म गर्न उत्प्रेरणा प्रदान गरे ।

आज, धेरै असफलताहरूले प्रेरक शक्तिको रूपमा काम गर्न सक्छ भन्ने उदारहण लिएर हाजारौ युवाहरुसँग जोडिएका छ्न् । युवाहरूलाई अथक जोश र अटल दृढताका साथ आफ्नो रुचिहरू पछ्याउन प्रेरित गरिरहेका छ्न् ।

अहिले राजेन्द्र आफ्नै गतिमा अघि अघि बढिरहेका छ्न् । हालै अन्तर्राष्ट्रिय स्तरको “वर्ल्ड लिडर्स कन्फ्रेन्स एण्ड आवार्ड-२०२३” को उपाधि समेत जित्न सफल भए । शैक्षिक फाउन्डेसन ” Scholastic Foundation” ले गत मार्च महिनामा काठमाडौंमा आयोजना गरेको अन्तरास्ट्रिय युवा सम्मेलनमा (World Leader’s conference & Awards 2023) जित्न सफल भएका हुन् । SCHOLASTIC FOUNDATION ले आयोजना गरेको कन्फ्रेन्समा समग्र नेपालकै प्रतिनिधित्व गर्दै १५ देशका सहभागीलाई उछिन्दै (World Leader’s conference & Awards 2023) जित्नु गौरव हो । अझ कर्णाली प्रदेशको दुर्गमको प्रतिनिधित्व गर्नु गर्वको कुरा हो ।

राजन्द्र भन्छ्न्, “जिन्दगी संघर्ष, निरन्तरता, मेहनत र आफु प्रति आशा हो । मैले त्यतिवेला काठमाडौंमा २ महिनासम्म जम्मा १५० रुपैँया पाउने कुनै ईन्स्टिच्युटको प्रर्चा बाढ्ने काम नगरेको भए SCHOLASTIC FOUNDATION ले आयोजना गरेको अन्तरास्ट्रिय युवा सम्मेलनमा (World Leader’s conference & Awards 2023) जित्न सायदै सफल हुन्थे ।” राजेन्द्रका अनुसार कयौ स्कुल, कलेज, विश्वविद्यालयहरूमा “ड्रिम बिग प्रोजेक्ट” संचालन गरी हजारौं युवा, विद्यार्थीहरूलाई उत्प्रेरणा दिएकै कारण उनि आवार्ड जित्न सफल भएका हुन् । उनले “ड्रिम बिग प्रोजेक्ट” मार्फत दुर्गम क्षेत्रका युवाको नेतृत्व विकास, व्यक्तित्व विकास, युवा परिचालन, युवा सहभागिताका क्षेत्रमा योग्दान गर्दौ आइरहेका छ्न् ।

अधिकारीले बालबालिकाको रुची पालनपोषण गर्ने विधिको वकालत गर्दै बालबालिकालाई उनीहरुको रुचीका बारेमा सोध्नु र सम्बन्धित क्षेत्रमा काम गर्न दिनु नै सफलताको कुञ्जी भएको बताए । अधिकारीको “ड्रीम बिग प्रोजेक्ट” ले युवाहरूलाई आफ्नो रुचि अनुसार काम गर्न सशक्त बनाउने लक्ष्य राखेको छ । किनकि हरेक युवाले आफ्नो रुचिको क्षेत्रमा काम गर्न सक्षम हुनुपर्ने उनको विश्वास छ ।

अधिकारीले आफूले जितेको अवार्ड ति युवाहरूलाई समर्पित गर्दछन् जो आफ्नो हितका लागि लडिरहेका छन् ।