चिसो भुइँमा बसेर परीक्षा दिइरहेको विद्यार्थीको भाइरल तस्बिरको भित्री कथा

कठ्यांग्रिने चिसाे, खुल्ला आकाश विद्यालयको छानो, बस्ने बेञ्च छैन, चिसो भुईँँ उनीहरुको डेस्क, बेञ्च जिल्लाको सान्नित्रिवेणी गाउँपालिका—८ को ज्ञानज्योति आधारभुत विद्यालयमा गत मंगलबार परिक्षादिदै गरेका विद्यार्थिको यो पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक भैरहेको दृश्य हो ।

सन्नीत्रिवेणी गाउँपालिकास्थित ज्ञानज्योति आधारभूत विद्यालयमा विद्यार्थीहरु चिसो भुईँमा बसेर परिक्षा दिदै छन् । सन्नीत्रिवेणी गाउँपालिकाकाे ज्ञानज्योति विद्यालयमात्र हैन यहाँको पन्चदेव माध्यामिक बिद्यालयमा पनि उस्तै समस्या छ ।

विद्यालयमा दुई सय २० जना विद्यार्थी अध्यान अगर्छन् । तर विद्यार्थि बस्का लागि बेन्चनै छैनन् ।

सान्नित्रिवेणी—८ को यस विद्यालयको बालकक्षासहित खेल मैदान,धारो र शौचालय सबै अभाव भएको विद्यालय स्रोतले जनाएको छ ।

चिसो हावा चलिरहन्छ,मुटु कपाउँछ जाडोले तर, यस विद्यालयमा अध्ययनरत २ सय २० जना बालबालिकाको दैनिकी नयाँ शैक्षिक सत्र सुरु भएदेखि यही कठिन नियतिमा चलिरहेको छ ।

विद्यालयमा जनप्रतिनिधि र विपक्षी दलका नेता पनि बेलाबेला आईरहन्छ्न् । ७ महिनासम्म आफ्ना बालबच्चा विद्यालयमा भुईँँमै बस्नुपर्ने बध्याताका कारण स्थानीय अभिभावक आक्रोशित छन् । उनिहरू बताउँछ्न्, ‘सरकारका जनप्रतिनिधिको काम यहाँ आएर हाम्रो कहालीलाग्दो अवस्था हेर्ने मात्र रहेछ, केही गर्ने होइन ।’

भुईँँमा लटपटिएर धुलोले नचिनिने भएका कक्षा ८ मा अध्ययनरत विद्यार्थी पवित्र बुढा बताउँछिन्, “विद्यालयको यो अवस्थाले आफ्नो स्वास्थ्य र पठाईमा प्रतिकुल असर परेको छ ।”

‘पढ्ने ठाउँ धुलैधुलो छ । हावा चल्यो भने सबै धुलो आँखा मुखभित्र पस्छ ।

हामी त बिरामी भइराख्छौ,’ विद्यार्थी भन्छन्, ‘जाडो र धुलोले खासै स्कुल आउन मन पनि लाग्दैन, नआउँदा सर मिसले गाली गर्नहुन्छ, त्यही भएर मन नलागी नलागी भए पनि आउने गरेका छौँ ।’

जाडोयाममा खुल्ला धुलाम्य चौरमा पढ्नु र पढाउने बाध्यताले शिक्षक र विद्यार्थीहरु बिरामी पर्ने गरेका प्रधानाध्यापक निर्मला बुढाकाे गुनासो छ ।

विद्यालयमा ७ महिनादेखि माथिसम्मको कुनै पनि सरकारले बालबच्चा धुलोमा बसेर पढ्नुपर्ने बाध्यतामा अस्थायी व्यवस्थापन समेत नगरी मुकदर्शक बनेको स्थानीयले गुनासाे गरेका छन् । “विद्यालयको यस्तो हालत हुँदापनि कुनै पनि निकायहरू गम्भिर हुन सकेको छैनन् । सरकार र सम्बन्धित निकायले चासो दिएको भए अहिलेसम्म विद्यालय भवन बनिसक्थ्यो, “प्रधानाध्यापक निर्मला बुढाले भनिन्, “सबै एकै ठाउँको चौरमा राखेर पढाइ रहेका छौं, चिसो र धुलोले बालबालिकाको ध्यान पढाइमा एकाग्र बनाउने अवस्था नै छैन, आएका जति सबैलाई व्यथा सुनायौँ, तर कसैले सुनेन हाम्रो अरु पहुँच छैन् ।’

विद्यालय प्रशासन र स्थानीय बासिन्दाले तत्कालका लागि अस्थायी कक्षा बनाउने कुरा नसोचेका पनि होइनन् तर, सरकार र तीनका प्रतिनिधि, नेताहरुले छिट्टै निर्माण हुने आश्वासनले झुक्याएका कारण बालबालिकाले चिसो मौसममा सास्ती पाउनु परेको स्थानीय बताउँछन् ।

‘नेताहरु त जे पनि बोल्दा रहेछन्, तत्काल हुन्छ । ढुक्क हुनुस् भनेर गएका नेताहरु अहिलेसम्म रमिता हेरेरै बसिरहेका छन् । साना बालबच्चाले धेरै दुःख पाए,’ एक स्थानियले भने ।

विद्यालयको समस्या लिएर सान्नत्रिवेणी गाउँपालिका पुगेका ज्ञानजोती आधारभुत विद्यालयका प्रधानाध्यापक निर्मला बुढाले ७ महिनादेखी गुनासो सुनाउनलागेको बताईन् ।

स्कुलमा बस्ने, लेख्ने, पढाउने सबै अभाव छ । बस्ने डेस्क,बेञ्च,विद्यालय भवन, शौचालयका लागि माग लिएर कार्यालय पुगेको थिए,’ आश्वासन मात्र दिएका छन् ।

गाउँपालिका अध्यक्ष महेश केशीले विद्यार्थी खुल्ला चौर र भुईमा राखेर पढाएको बारे भ्रम भएको बताए ।

उनले भने ‘ डेस्क,बेञ्च नभएपछि पढाउन समस्या भएको त हामी सबैलाई अवगत छ । तर त्यसमा भवनका लागि पहिलेका वर्षदेखि निरन्तर वजेट गईरहेको छ ।

पहिले भवन अभाव थियो अहिले ४ कोठे भवन छ । पहिले भवन र फिल्डको अभाव थियो । हामिले विद्यालयको माग अनुसार वजेट पठाएर विद्यालयको भवन तयार गरीएको छ ।

स्थानीय सरकाले कुनै कदम कमि नगरेको उनले बताए । उनले यो आर्थिक बर्षमा पनी दश लाखको फिल्ड निर्माण भईरहेको बताए ।

विद्यालयको मागको आधारमा बजेट गहीरहेको उनको भनाई छ ।

चिसो भुईँँमै पढ्ने अवस्थाका बारेमा सम्बन्धित विद्यालयसँग बुझ्दा पानी परेको कारण देखाईएको छ ।

यस विद्यालयमा बालकक्षादेखि ८ कक्षासम्म पढाइ हुन्छ। हाल २ सय २० जना विद्यार्थी यहाँ अध्ययनरत छन्।

एकातिर त गाउँपालिका उपाध्यक्ष पार्वती सिंहले शिक्षा शाखामार्फत १ करोड ९३ लाख रकम छुटाएकि छन् तर अर्कोतिर विद्यालयको डेस्क,बेञ्च अभाव भएको र बिद्यार्थीले कठ्याङ्ग्रिदाे चिसाेमा बसेर परिक्षा दिईरहेका दुर्लभ तस्बिर सामाजिक सञ्जालमा व्यापक बन्दै गएका छन् ।

उपाध्यक्षले छुटाएकाे रकम शिक्षा शाखाको हो । शिक्षा शाखाले विद्यालयको डेस्क,बेञ्च र कार्पेट ब्यवास्थापनकोलागी बजेट पठाएको छ।

सान्नीत्रिवेणी गाउँपालिकाको शिक्षा शाखाले पालिका भित्रका सबै विद्यालयहरु अनुगमन गरेर सकेको छ ।

अहिले कतै भवन अभाव त कतै डेस्क,बेञ्च, खेलमैदान, शैचालय अभाव भएको बताईएको छ।

यहाँको पन्चदेव माध्यामिक विद्यालयमा पनि कक्षा काेठाकाे अभाव देखाईएकाे छ ।

जिल्लामा धेरै जसाे विकास सडकमा हुने गरेका कारण विद्यालयमा डेस्क,बेञ्च, खेलमैदान, शाैचालय अभाव हुनेगरेकाे स्थानीयले बताउने गरेका छन् ।