आन्तरिक पर्यटकको हब बन्दै सुर्खेतको सहिद पार्क

पुस १९, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर वडा न. ४ को भैरव सामुदायिक वन र प्रदेश उद्याेग तथा वन मन्त्रालयको सहयोगमा पर्यटन तथा वनस्पती उद्यानको ९ करोडको गुरु योजनामा प्रादेशीक शहिद पार्कले आफ्नै गति लिएको छ ।

शहिद पार्क निमार्णकाे काम सुरु भएको ४ वर्ष पुरा भइसकेको छ । पार्ककालागि वीरेन्द्रनगर नगरपालिकाले प्रविधिक सहयोग गर्दै आएको छ भने अहिलेसम्म ९ करोड मध्ये जम्माजम्मी ४ करोडको काम मात्र सम्पन्न भएको छ ।

देशमा संघियता आएपछी कर्णाली प्रदेश प्राप्तिका लागि सिर्जना भएको आन्दोलनमा ज्यान गुमाउनेहरुको नाममा सहिदपार्क बनाइएको हो । भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर बहादुर कार्कीका अनुसार आन्दोलनमा सोही वडामा दुई जनाले (गोपाल रजवार, टिकाराम गौतिक) ज्यान गुमाएका थिए । समितिको साधारण सभाबाट नै सहिदहरूको नाममा ‘सहिद पार्क’ बनाउने काम भएको हो ।

अहिले पार्कस्थल “भंगेरी चौर” मा बिगतमा आवधिक बस्ती थियो । त्यसपछि जिल्ला भू–संरक्षण कार्यालयले नर्सरी स्थापना गरेको थियो । त्यसको अवधि सकिएपछि खाली भएकाले ठाउँलाई पार्कमा रूपान्तरण गरिएको हो ।

सहिद पार्क स्थापनाका लागि सुरुमा २ करोड रकम बिनियोजन गरिएको थियो । ०७६ भदौ महिनादेखि पार्क निर्माणको काम थालनी गरेर ०७७ भित्रै सहिद स्तम्भ, पोखरी र अन्य संरचनाहरू निर्माण गरिएको थियो ।

नेपालका अधिकांस सामुदायीक वन तस्करीको सिकार भैरहेका बेला वीरेन्द्रनगर वडा नं.४ को भैरव सामुदायिक वन आफैंमा उदाहरण बनेकाे छ । यतिन्जेल सामुदायीक वन आफ्ना आयामले राष्ट्रिय स्तरका ख्याति प्राप्त गरिसकेको छ ।

वीरेन्द्रनगर नगरपालिका– ४ को हाताभित्रको ३०२ हेक्टर क्षेत्रफलमा सामुदायिक वनले जडिबुटी उत्पादन गरिरहेको छ । एक लाख टिम्मुरका विरुवा रोपिसकिएको छ । दुई हजार तेजपात, ६ सय च्युरी, २ हजार अम्रिसो, ७ सय बाँस, ३ सय लप्सीका विरुवा रोपिएको छ। यसैगरी, उत्तरी जलाधार क्षेत्रभित्रका सल्लाका रुख हटाउँदै बहुमूल्य विरुवा रोप्ने वन समूहको लक्ष्य छ।

करिव ४ दशकअघि लगाएका सल्लाको उपयोग नदेखिएपछि ती ठाउँमा तेजपात, अमला, अम्रिसो, बाँसजस्ता बहुमूल्य विरुवा लगाउने तयारी भएको वन समूहका अध्यक्ष अम्मरबहादुर कार्कीले बताउँछ्न् । वन समूहले माहुरीपालनतर्फ उपभोक्तालाई आकर्षित गराएको छ । वनले १० गोला माहुरी र ५० वटा घार किसानलाई दिएको छ।

आयस्रोतकाे हिसाबले भैरव सामुदायक वन उपभोक्ता समितिले २०७२ सालमा सिट हाउस बनाएर टिमुरका विरुवाहरु विभिन्न जातका घाँस पातका विरुवाहरु उमार्ने र बेच्ने काम गदै आएको थियाे । टिमुरको वेर्नाबाट मात्र बर्षेनी १० लाखको व्यापार गर्दै आएकाे छ । सामुदाय वन भित्र ढलेको रुखहरु उपभोत्ता मार्फत आवश्यकता अनुसार खपत गदै आएको छ ।

बनले पर्यटन विकासको कामलाई पनि जोड दिदैँ आएको छ । यहि क्रममा प्रादेशिक सहिद पार्क बनाउने अभ्यासमा होमिएको छ ।

सामुदायिक वन उपभोत्ता समितिका कोषाअध्यक्ष देवी प्रसाद खनालका अनुसार “शहिद पार्कले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउन ठुलै भूमिका निभाउँदै अाएको छ ।” यहाँ पुर्वको हेटौडादेखि पश्चिमको दार्चुला र भारतबाट पनि पर्यटक आउने गरेकाे खनाल बताउँछ्न् ।

सुरुवाती चरणमा शहिद पार्क निर्माणका बेला सुरक्षाका हिसाबले धेरै जोखिम थियो । खनालले थपें “यहाँ अल्लारे केटाहरु गाँजा खाएर बस्ने र लडाई झगडासम्म गर्ने हुँदा अहिले नगरपालिकाको सहयोगमा ४ जना सुरक्षा कर्मी खटाएको कारणले अहिले पर्यटकीय वातावरण शान्त भएको छ।”

खनालका अनुसार “प्रदेश अस्पताल, प्रदेश आर्युवेदिक, शहिद पार्क र वडा न. ४ को टोललाई पनि यहाँको प्रहरीले सुरक्षा दिइरहेकाे छ । सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको वासस्थान पनि वन समितिकै कार्यालयमा व्यवस्था गरेका छौं । खनाले भनें,
शहिद पार्कमा टिकटको २० रुपैयाँ मात्र छ ।”

यो पार्कको अवलोकन नगरेकाहरू विरलै होलान्, सहिद पार्कको क्याप्सन लेख्दै टिकटक बनाउनेहरूको जमात बढेपछि अहिले यो पार्क आन्तरिक पर्यटकहरूको गन्तव्यस्थल बन्न पुगेको अध्यक्ष कार्की बताउँछन् । पार्कभित्र एउटा सहिद स्तम्भ, एउटा पोखरी छ, जसको बनावट र त्यो पोखरी भित्रको पानीको फोहराहरुसँग आन्तरिक पर्यटकहरू रमाउने गरेका छन् । 

पार्कको दायाँ तर्फ एउटा पिङ देखिन्छ । दायाँ दक्षिणतर्फ रुखहरू छन् । रुखको बीचमा बस्ने ठाउँको व्यवस्था गरिएको छ र बालबालिकाहरू खेल्ने ठाउँ बनाइएको छ । यो पार्क प्रेमिल जोडीहरूको लागि ‘डेटिङ’ स्थल पनि बनिरहेको छ । 

‘शनिबारको दिन सरकारी कर्मचारीदेखि संघसंस्थामा मान्छेहरू समेत आफ्नो जोडी बाँधेर अवलोकन गर्न आउँछन्,’ पार्कमा टिकेट काट्ने गरेका गुरुप्रसाद चालिसे भन्छन् ।

टिकट काट्ने १ जना कर्मचारी समुदाय आफैले खटाएको छ । पर्यटकबाट शहिद पार्कले मासिक एकलाख ५० हजार देखि २ लाख ५० हजार सम्मको आम्दानि गर्दै आएको छ । विस्तारै आम्दानी बढ्दै जाने अड्कल गरिएको छ । पुस १५ गते एकै दिन दुई हजार पर्यटक भित्रिएका थिए भनें पुस १६ गते शनिबार १३०० जना अान्तरिक पर्यटक आएका थिए ।

घुम्न आएका पर्यटकका केहि गुनास पनी रहेका छ्न् । पार्कमा घुम्न आउँदा शैचालएको राम्रो व्यावस्था नभएको गुनासो गर्ने गरेका छ्न् भनें टिकट काउन्टर नहुदाँ असहज भईरहेको टिकट काउन्टरका कर्मचारीको गुनासो छ ।

यसरी पार्कले आफ्नो गति लिदाँ पार्कको सेरोफेरोमा घुम्ती व्यवसायहरूपनि थपिदँ गएका छ्न् ।

अहिले थप १ करोडको टेण्डर आह्वान गर्ने तयारी भइरहेको छ । त्यसबाट थप शौचालय निर्माण, वनस्पति उद्यान लगायतका कामहरू हुने छन् ।

कार्कीले पार्कसँगै वनस्पति उद्यान पनि बनाइने जानकारी दिए । साथै पार्कभित्र अब एउटा ‘लभ’ को चित्र, चिल्ड्रेन पार्क बनाउने काम भइरहेको छ।