महानगर सरसफाई अभियानमा युवा संघ नेपाल

नेकपा एमाले निकट युवा संघ नेपाल साउन ३० गतेदेखि काठमाडौंको फोहोर संकलनमा होमिएको छ ।

उता फोहोर डम्पिङ साइट बञ्चरेडाँडाका स्थानीयबासीले फोहोर फाल्न अवरोध खडा गरिदिदाँ काठमाडौंको फोहोर व्यवस्थापन झनै अन्यौल बन्ने गरेको थियो । यसै बेला युवा संघका कार्यकर्ता सरसफाईमा सरिक बनिरहेका हुन् ।

संघले काठमाडौं महानगरमा चुलिएको फोहोरको समस्यालाई सहयोग गर्न सरसफाई कार्यक्रम आयोजना गरेर फोहोर संकलन गरिरहेको हो।

लामो समयसम्म पनि काठमाडौं महानगरको फोहर व्यवस्थापनमा राज्यको ध्यान जान नसकेको भन्दै प्रतिकात्मक रुपमा फोहर संकलन गरिएको युवा संघले बताउँदै आएको छ ।

दैनिक ८ देखि १० वटा टिप्पर फोहोर उठाउन सफल भईरहेको बताउछ्न्, राष्ट्रय युवासँघका केन्द्रिय कमिटि सदस्य प्रेम दाहाल ।

उनीहरुले फोहोर व्यवस्थापन गर्दा ध्यानपूर्वक गर्नुपर्ने सन्देश र मनोरंजनसहित व्यवस्थित रुपमा सफाई कार्यक्रम गरेको तस्वीर र भिडियोमा देख्न सकिन्छ ।

भिडियो :