सामाजिक सञ्जालमा प्रचण्डको चर्को आलोचना

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको ककनीमा निर्माण गरिएको दिवंगत छोरा प्रकाश दाहालको शालिक अनावरण गरेपछि दाहालको सामाजिक सन्जालमा चर्को आलोचना भईरहेको छ । नेपाल पर्वतारोहण संघले निर्माण गरेको दिवंगत प्रकाश दाहालको जन्मदिनको अवसर पारेर बिहबार प्रचण्डले अनावरण गरेका थिए ।

त्यसपछि समाजिक सन्जालमा दाहालको आलोचना सुरु भएको हो । माओवादी केन्द्रकै कार्यकर्ता र नेताहरुलेसमेत दाहाल ‘प्रचण्डको’ चर्को आलोचना गरिरहेका छ्न् ।

सन्जालमा प्रकाश दाहलको शालिक निर्माण गरिनु प्रचण्डको स्वार्थ, कुबिचार, अहमताबाद र समाज भन्दा आफुलाई सर्वोस्व ठानेको र सिद्वान्त विपरित कार्य गरेको भनेर आरोप लगाईरहेका छ्न् । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको शालिक भत्काउँदै हिड्नेले आज राष्ट्रकालागी आफ्नै छोराको शालिक बनाउँदै हिडेको भनेर आलोन गरेका हुन् ।

त्यस्तै डडेल्धुराबाट माओवादी केन्द्रका नेताहरुले संयुक्त प्रस बिज्ञप्ती जारी गर्दै माओवादी केन्द्रको साधारण सद्स्यसमेत नरहने गरी राजिनामा दिएको घोषणा गरेका छ्न् । माथिल्लो कमिटिका नेताहरुको यस्तो चर्तिकलाले समाज र जनताको कुनै उपल्ब्धी नहुने र आफुहरुलाई कार्टुन जस्तो पदमा राखिएको भन्दै माओवादी केन्द्र डडेल्धुराका बिभिन्न जिम्मेवारी समाल्दै आएका नेताहरुले पार्टि परित्याग गरेको घोषण गरेका हुन् ।

बिज्ञप्ती

सामाजिक सन्जालबाट लिईएका केहि दाहल ‘प्रचण्ड’को आलोचनात्मक समाग्री जस्ताको तस्तै….