Search
Generic filters

एसईई परीक्षा दिने बिद्यार्थीका लागि १५ टिप्स् : जानिराखौं !

एसईई परीक्षा

आगामी परीक्षामा सम्मिलित हुने परीक्षार्थीको परीक्षा तयारीलाई अझ सहज र उच्च प्रतिफलमुखी बनाउन निम्न टीप्सहरुले टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

यस वर्षको माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसईई) बैशाख ९ गते बिहान ८ देखि ११ बजेसम्म संचालन हुंदै छ । यस परीक्षामा नियमित, ग्रेडबृद्धि तथा प्राविधिक धारका परीक्षार्थी सम्मिलित हुने छन् ।

एसईई टिप्स् :

  • परीक्षा तयारीको समयमा आफ्नो स्वास्थ्यको बारेमा विशेष चनाखो हुनुपर्दछ । स्वस्थकर आहारविहार र सहज परिश्रमको नियमितताप्रति विशेष चनाखो रहनुपर्दछ ।
  • एसईईलाई हाउगुजीको रुपमा नलिई सहजरुपमा आत्मसात गरेर सकरात्मक सोच र उच्च मनोबलकासाथ परीक्षा दिने मनस्थिति बनाउनु पर्दछ ।
  • मानसिक एवं शारीरिक क्षमता भन्दा बढी थकान हुनेगरी अनिंदोसमेत बसेर लगातार पढ्दा स्मरण शक्तिमा ह्रास आउँछ । शारीरिक तथा मानसिक थकानका कारण आपूmले सोचे जस्तो जाँच दिन पनि सकिन्न भन्ने
  • वास्तविकताप्रति हेक्का राख्नुपर्दछ ।
  • अध्ययन गर्दा पाठ्यपुस्तकको मात्र भर नपरेर पाठ्यक्रमको पनि अध्ययन गर्ने गराउने तर्फ शिक्षक विद्यार्थीले ध्यान दिनुपर्दछ । किनकि विगतमा कहिलेकाहीं पाठ्पुस्तकले नसमेटेको तर पाठ्यक्रममा भएको विषयवस्तुबाट पनि प्रश्न सोधिएका वास्तविकतालाई बिर्सनुहुन्न् ।
  • कठिन महसुस गरिएका विषयलाई अलि बढी समय र महत्व दिंदै अध्ययनको दैनिक समय तालिका नै बनाएर सबै विषयलाई समानुपातिकरुपमा अध्ययन गर्नु बुद्धिमानी हुन्छ ।
  • सहपाठीहरुको सानो समूह बनाएर छलफल गरेर पढ्ने बानीले बहुआयमिक तथा दिगो स्मरणमा रहने वास्तविकता हो ।
  • विगत वर्षहरुका प्रश्नहरुको उत्तर लेख्ने अभ्यास गर्ने र आफ्नो विषय शिक्षकलाई देखाएर लेखनको स्तर बारे आवश्यक सल्लाह लिन अल्छी गर्नुहुन्न ।
  • परीक्षा दिन जाँदा मैले राम्रोसँग जाँच दिन्छु र राम्रो नतिजा आउंछ भन्ने दृढ विश्वास एवं उच्च मनोवलकासाथ हतोत्साहित नभई परीक्षाहलमा प्रवेश गर्नुपर्दछ ।
  • विषयअनुसार आवश्यक सामग्री कलम, पेन्सिल, रुलर, क्यालकुलेटर आदि घरबाट हिंड्नु अगाडि राम्रोसँग चेक जाँच गर्नु पर्दछ ।
  • परीक्षा केन्द्रको बस्तुस्थिति र दूरी, घरबाट पुग्न लाग्ने समय र साधनको उपलब्धताबारेमा अवलोकन पहिलै नै गर्दा सहजता हुन्छ ।
  • प्रवेशपत्र तथा उत्तरपुिृस्तकामा लेखिएका निर्देशनहरु परीक्षा शुरु हुनु अगावै पढी पालना गर्नु बुद्धिमानी हुन्छ।
  • उत्तर लेख्दा आफूलाई तत्काल धेरै जानकारी भएको प्रश्न क्रमबाट लेख्न शुरु गर्नु पर्दछ।
  • प्रश्नले मागेको उत्तर यकिन भए पछि प्रश्नको प्रकृति र अंकभार तथा समयलाई मध्यनजर राखी मैलिकता झल्किने गरी बुँदागतरुपमा सफा र शुद्धसँग उत्तर लेख्नुपर्दछ ।
  • सबै प्रश्नका उत्तरहरु लेखिसकेपछि बचेको अन्तिम समयमा लेखेका उत्तरहरुलाई पुन सरसर्ती पढेर छुटपुट भए सच्याउनुपर्छ ।

एसईईलाई अधिकतम उपलब्धिमूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरुको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको उपयुक्त वातारण बनाई सहजता प्रदान गर्ने एवं उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी भित्र पर्दछ । यसमानेमा एसईई.अभिभावकको लागि पनि एक समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला । त्यस्तै विद्यालयले विद्यार्थीको रुचि क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहजरुपमा सामना गर्नसक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक भिन्नता र उसको प्रगतिको गति र क्षमताको आधारमा पठनपाठन र अभ्यासको अवसर प्रदान गर्ने चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धि उच्च हुने यर्थाथता हो ।

लेखक : पूर्व जिल्ला शिक्षा अधिकारी हुन् ।

एसईई पूरक परीक्षा भदौ ११ र १२ गते हुने (पूर्ण सूचनासहित)
माध्यामिक शिक्षा परीक्षा (एसईई) को ग्रेडवृद्धि (पूरक) परीक्षा भदौमा हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले भदौ ११ र १२ गतेका लागि पूरक परीक्षा गर्ने निणर्य गरेको हो । ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने...
पुरा पढ्नुहोस् ..
एसईईको नतिजा पहिलेभन्दा कमजोर
लुम्बिनी, कपिलवस्तु र दाङ — रूपन्देहीका विद्यालयले यसपटक माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विगतको तुलनामा कमजोर नतिजा आएको बताएका छन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जिल्लामा ५ जनाले मात्र जीपीए...
पुरा पढ्नुहोस् ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters