Search
Generic filters

बाल यौन दुर्व्यवहारको अभियोगमा चितवनका चार जना शिक्षक हिरासतमा

चितवनका चार जाना शिक्षकहरू बाल यौन दुर्व्यहारको आरोपमा प्रहरी हिरासतमा छ्न् । चैत ६ गते यता चितवनमा बाल यौन दुर्व्यवहारका पाँच वटा जाहेरी दर्ता भएकामा चार वटा घटनामा चार जना शिक्षकहरू अनुसन्धानको दायरामा आएका हुन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार तीन वटै घटना विद्यालयमा भएको भनेर जाहेरी परेका छन् । चैत ६ गते माडीको सोमेश्वर उच्च माविमा कक्षा ९ मा अध्ययनरत १५ वर्षीया छात्रामाथि सोही विद्यालयका शिक्षक सुरज लामिछानेले यौन दुर्व्यवहार गरेको भन्दै जाहेरी परेको थियो ।

सुरूआतमा उक्त घटनालाई प्रहरीमा नल्याउन दबाब दिइएको विद्यार्थीको परिवारले बताएका थिए।

माडीमा जाहेरी दर्ता नभएपछि विद्यार्थीका परिवारले जिल्ला प्रहरी कार्यालय भरतपुरमै आएर जाहेरी दिएका थिए। छात्राले शिक्षकले पढ्ने क्रममा पटक-पटक यौन दुर्व्यवहार गरेको बताएकी छन् ।

लगत्तै प्रहरीले शिक्षक लामिछानेलाई पक्राउ गरेको थियो । उनी अहिले पनि प्रहरी कार्यालयको हिरासतमै छन्। उक्त घटनाको विषयमा अनुसन्धान अन्तिम चरणमा पुगेको डिएसपी अधिकारीले बताए ।

त्यस्तै, भरतपुर-१३ गंगानगरस्थित श्री मावि गंगानगरमा अध्ययनरत छात्राहरूले विद्यालयका शिक्षकहरूले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै बिहीबार जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिए ।

विद्यालयका दर्जनौं छात्राहरू शिक्षकविरूद्ध जाहेरी दिन प्रहरी कार्यालय आएका थिए ।

उक्त विद्यालयका शिक्षक फणिन्द्र भट्टराईले कक्षा ४ मा पढ्ने छात्रालाई र अर्का शिक्षक विमलप्रसाद देवकोटाले कक्षा ५ मा पढ्ने विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको जाहेरी परेको डिएसपी अधिकारीले बताए ।

छात्राहरूले शिक्षकहरूको नाम किटान गरेर दुइटा जाहेरी दिएको उनले बताए । लगत्तै प्रहरीले शिक्षकद्वय भट्टराई र देवकोटालाई नियन्त्रणमा लियो ।

डिएसपी अधिकारीले बालिकाहरूले विद्यालयमा पढ्ने क्रममा शिक्षकले विभिन्न प्रलोभन देखाएर संवेदनशील अंगहरूमा छुने, त्यसो नगर्नु भनेर अनुरोध गर्दा गाली गर्ने, धम्की दिने काम गरेको जाहेरीमा उल्लेख गरेको बताए ।

जिल्ला प्रहरी कार्यालयमा आइपुगेका उक्त विद्यालयका विद्यार्थीहरूले हरेक तहमा यौन दुर्व्यवहार भोग्नुपरेको बताएका थिए।

‘प्राथमिक तह सकियो अब यस्तो दुर्व्यवहार भोग्नु नपर्ला भन्ने अवस्था पनि छैन। उपल्लो कक्षाका दिदीहरू पनि उस्तै दुर्व्यवहार सहन बाध्य हुनुभएको छ,’ छात्राहरूले भने, ‘बाध्य भएर प्रहरी कार्यालय पुग्यौं।’

डिएसपी अधिकारीका अनुसार यस्तै घटनामा भरतपुर-१९ का शिक्षक कृष्ण गुरूङ पनि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

सर्वोदय बोर्डिङ स्कुलका शिक्षक गुरूङले कक्षा ७ मा अध्ययनरत छात्रामाथि बाल यौन दुर्व्यवहार गरेको अभियोग छ।

बालिकाले दिएको जाहेरीमा शिक्षकले कहिले फेसबुकमार्फत्, कहिले विद्यालयमा पढ्ने क्रममा यौन दुर्व्यवहार भएको उल्लेख गरेकी छन्।

डिएसपी अधिकारीकाअनुसार शिक्षकले छात्रालाई फेसबुक म्यासेन्जरबाट अश्लिल फोटो, भिडिओ पठाउने गरेका थिए।

‘आजित भएपछि छात्राले शिक्षकलाई फेसबुकमा ब्लक गरिछन्, शिक्षकले धम्की दिएर अनब्लक गर्न लगाएछन्। फेरि त्यस्तै सामग्री पठाउन थालेछन्,’ डिएसपी अधिकारीले भने, ‘विद्यालयमा पढ्ने क्रममा पनि शिक्षकले संवेदनशील अंगहरूमा छोएर हिंसा गर्दै आएको जाहेरीमा उल्लेख छ।’

त्यस्तै, भरतपुर-१४ बरौजीमा डेरामा बसेर कक्षा ९ मा पढ्ने एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा स्थानीय तुलसी महतो पनि अहिले प्रहरी हिरासतमा छन्।

४५ वर्षीय महतोले आफ्नो घर नजिकै डेरामा बसेर पढिरहेका बालिकामाथि यौन दुर्व्यवहार गरेको जाहेरी परेको अधिकारीले बताए।

डेरामा दुई जना बसेर पढिरहेको अवस्थामा महतोले गाला मुसार्ने, अन्य संवेदनशील अंगहरूमा हात लैजाने गरेको भन्दै जाहेरी परेको उनले बताए।

जाहेरी प्राप्त भएपछि महतोलाई हिरासतमा राखेर अनुसन्धान सुरू गरिएको डिएसपी अधिकारीले बताए।

‘बालिकाले बाबुआमालाई भनिदिन्छु भनेपछि फकाउँदै महतोले पाँच सय दिएको कुरा जाहेरीमा उल्लेख छ,’ अधिकारीले भने, ‘हामी अहिले अनुसन्धानका क्रममा छौं।’

डिएसपी अधिकारीले चितवनमा विद्यालयहरूमा बालिकामाथि यौन दुर्व्यवहारका घटना बढ्दै गएको बताए।

जाहेरी परेका सबै घटनाका आरोपितलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिएको उनले बताए।

आरोप प्रमाणित भए ३ वर्ष कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । सेतोपाटी बाट

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..
१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters