वीरेन्द्रनगरको इगरब्रिज स्कुलमा शिक्षकद्वारा छात्रमाथि निर्घात कुटपिट

सुर्खेत । सुर्खेमा एक शिक्षकले छात्रमाथि निर्घात कुटपिट गरेका छ्न् । सुर्खेतको वीरेन्द्रननगर नगरपालिका –१० स्थित इगरब्रिज बोडिङ स्कुलका बिज्ञान बिषयका शिक्षक कृष्ण लक्ष्मी खड्काले कक्षा – ६ मा अध्यानरत १२ वर्षिया छात्र पिडित विद्यार्थीलाई निर्घात कुटपिट गरेका छ्न् ।

Eager Bridge Boarding school / Photo : Dinesh shahi

खड्काले बाँसको लौरो भाचेर पाईपको लौरोले शरीर र हातमा जथाभावी कुटपिट गरेको पिडितका बुवाले बताए । उनका अनुसार हिजो चैत्र ९ गते आफ्नो छोरा स्कुलबाट आएपछि खाना खान बोलाउँदा आउन मानेका थिएनन् । पछि आफैले गएर हेर्दा पिडितको हात र शरिरमा निला डामहरु थिए । हात सुन्नीएको थियो । पछी आफैले उपचारका लागि हस्पिटल लिएर गएका थिए ।

पिडित विद्यार्थीले बताए अनुसार शिक्षक खड्काले यस् अघिनै विद्यार्थिहरूलाई अमानविय तरिकाले बाँसको लौरो भाँचिने गरि अन्य बिद्यार्थीहरुलाई पनि कुटपिट गर्ने गर्थे । हिजो मात्र उनिसहित थप ४ जानलाई बाँसको लौरोले पिटेका थिए । पछि बाँसको लौरो भाँचिएपछि पाईपको लौरोले पिटेको बताए ।

पिडितकी आमा अनुसार,” पिडित विद्यार्थी साझँ घर आउदा सधै जस्तो हात सुन्निएको हुन्थ्यो । तर आफुहरूले भने पिडित आफ्नो छोरालेनै भनेको नमानेर शिक्षकले कुटेको होला भन्ने गर्थ्यौ । तर सधै जसो शरीरमा निला डाम बसेका हुन्थे, हात सुन्निएको हुन्थ्यो” उनले भनिन् ।

क्षिक्षकको कुटाईबाट शरीरमा लागेका डाम देखाउदै पिडित विद्यार्थी

स्रोतले बताए अनुसार अहिले पिडक शिक्षकलाई कार्वाही गरी स्कुलबाट निष्कासित गरिएको छ । हाम्रा सहकर्मीले थप जानकारीका बिद्यालयमा सम्पर्क गर्दा कुनै प्रतिक्रिया आएको छैन । पिडितका परिवार पक्षले उक्त बिद्यालय र शिक्षक पक्षलाई जिल्ला प्रहरी कार्यलय सुर्खेतमा निवेदन दिएका छ्न् ।