Search
Generic filters

खाजा खर्च र बसभाडा पनि पुग्दैन : नेपालमा नर्सको तलब

फाईल तस्विर / लाईकाखबर

काठमाडौँ चाबहिलकी तुलसा जोशीले सात वर्षअघि बीएस्सी नर्सिङ पूरा त गरिन् तर भनेजस्तो काम पाईएन । भक्तपुरको ठिमीस्थित एक अस्पतालले दुई/तीन महिना काम गरेपछि बल्ल सात हजार रुपियाँ दियो । उनको नर्सिङ अध्ययन गर्दा पढाइ खर्च नै १२ लाखभन्दा बढी भइसकेको थियो । पाएको तलबले खाजा खर्च र बसभाडा पनि नपुग्ने स्थिति थियो । लोकसेवाले पनि सरकारी अस्पतालका लागि विज्ञापन गरेकै थिएन । तुलसा एक वर्षको तयारीपछि बेलायत गइन्।

जेनतेन गत वर्षमात्र प्रमाणपत्र तहमा नर्सिङ अध्ययन सकेकी सुविनाले पढाइ सकेर काम पाइनन् । जागिर नपाएपछि कुनै अस्पतालमा काम गरेको अनुभवपत्र बनाएर बिदेसिएकी उनी अहिले अस्ट्रेलियामा छिन् । सुविनाले भनिन्, “सुरुमा धेरै गाह्रो छ । पछि सहज होला भनेर सङ्घर्ष गरिरहेकी छु ।”

नेपालमा एकजना नर्सले पाँचदेखि १० जनासम्म आईसीयूका बिरामी हेर्नुपर्ने स्थिति छ । नर्स र बिरामीको अनुपात नमिल्दा बिरामीलाई उचित स्याहार तथा हेरचाह गर्न नसकिने हुन्छ । सुत्केरी गराउने ठाउँमा एकजना बिरामीबराबर दुईजना नर्स चाहिनुपर्नेमा त्यहाँ एकजना नर्सले धेरैजना बिरामी हेर्नुपरेको नर्सिङ महाशाखा प्रमुख गोमादेवी निरौलाको भनाइ छ । नेपालमा कति नर्स बिदेसिएका छन् भन्ने कुनै तथ्याङ्क छैन । नर्सिङ महाशाखा प्रमुख निरौलाले बिदेसिएका नर्सको कुनै तथ्याङ्क नहुने बताइन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

१० अर्बको नयाँ नोट आयो, आम सर्वसाधारणले १४ गतेसम्म साटन पाउने
काठमाडौँ — हरेक बर्ष झै दसैं, तिहार र छठका लागि नेपाल राष्ट्र बैंकले १० अर्ब रुपैयाँ बराबरको नयाँ नोट निकालेको छ । बैंक तथा वित्तीय संस्था, अन्य संघसंस्था र सर्वसाधारणका लागि उक्त नयाँ नोट निकालिएको राष्ट्र...
डलरको भाउ हालसम्मे कै उच्च
अश्विन ९, सुर्खेत । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार नेपालीले एक डलर साट्नको लागि १२९ रुपैयाँ ८९ पैसा खर्चिनु पर्ने भएकाे छ । यस्तै, आइतबार खरिददर पनि १२९ रुपैयाँ २९ पैसा कायम...
थप ..

जनार्दन शर्मामाथि छानबिन गर्न आज संसदीय छानबिन समितिको बैठक बस्दैछ
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेको हो।बैठकले आज अर्थ मन्त्रालयका सचिव र राजश्व सचिवसँग...
पुरा पढ्नुहोस् ..
मेरो पनि भन्नु छ !
समसामयिक विषयमा तपाइँलाई केही भन्नु छ ? आफना विचार लेख्नुहोस । तपाइँका विचार नेपाल दर्पण प्रकाशन गर्नेछौं ।
Search
Generic filters