दिपक टमाटाको तिज गीत चम्कियो माइतीको आगनी सार्वजनिक

सुर्खेत । हिन्दु नरीहरुको महान पर्व तिजको अवसरमा दिपक टमाटाको मौलिक तिज गीत चम्कियो माइतीको आगनी सार्वजनिक भएको छ ।

शुक्रबार उक्त गीत सार्वजनिक भएको हो ।दिपक टमाटा एचपी युट्युब च्यानल मार्फत सार्वजनिक भएको यो गीतमा दिपक टमाटा स्वयम्को स्वर, शब्द र निर्देशन रहेको छ । लक्ष्मण सुवी र अन्जना खड्काको स्वर रहेको यस गीतमा दिया बडुवाल, सरिता बुढा र सुरेन गिरीको अभिनय रहेको छ ।

श्रुष्टि प्रोडक्सन हाउसले निमार्ण गरेको चम्कियो माइतीको आगनी गीतको गोपाल बिकले भिडियो रेकड तथा सम्पादन गरेका छन् ।गीत सार्वजनिक कार्यक्रममा बोल्दै गीतका सर्जक दिपक टमाटाले यस गीत मार्फत तीजको मौलिकता झल्काउन खोजेको बताएका छन् ।

तीजमा चेलीको भावना समेटिएर यो गीत निमार्ण गरिएको हुँदा धेरै दर्शक तथा स्रोताहरुको माया पाउनेमा अपेक्षा लिएको उनले बताए ।भिडियो हेर्नः