रेशम नेपकिङ्कोको म्युजिक भिडियो “आउ मेरो साथी नाँच” सार्वजनिक

निरज घिमिरेको निर्माण तथा निरज रास्कोटीले निर्देशन गरेको नयाँ म्युजिक भिडियो “आउ मेरो साथी नाँच” सार्वजनिक गरिएको छ । भिडियोमा समाजसेवी तथा मोडल रेशम नेपकिङ् र प्रिया केसी मुख्य भूमिकामा छन् |

भिडियो म्युजिकलाई श्रीया नेपालले संगीत तथा शब्द दिएकी छिन् । भिडियोको कोरियोग्राफी मौसम डान्सरले सुन्दर ढंगले गरेका छन् ।

निर्मल प्याकुरेल, रवि सापकोटा, ज्ञानु नेपाली लगायत यस परियोजनालाई जीवन्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने धेरै व्यक्तिहरूलाई उनीहरूको योगदानको लागि निर्माण टिमले विशेष धन्यवाद दिएको छ ।

भिडियो हेर्नुहोस् :