सुर्खेतमा भोलिदेखी नेपाल युरोपियन युनियन फिल्म महाेत्सव सुरु हुदैँ

बैशाख १९, सुर्खेत | द डेलिगेसन अफ युराेपियन युनियन टु नेपालले बिगत ११ बर्षदेखि संचालनमा ल्याएकाे नेपाल युरोपियन युनियन फिल्म महाेत्सवकाे दाेस्राे चरण मध्यपश्चिम विश्वविद्यालय सुर्खेतको परिसरमा यहि बैशाख २०,२१ र २२ गते सम्म गर्दै छ ।

साे फेस्टिबल गएकाे बर्ष पनि सुर्खेतमा आयाेजना भएकाे थियाे ।
फेस्टिबलकाे यश बर्षकाे मुल बिषयबस्तु भने सबैका लागि मानव अधिकार उत्सब रहेकाे आयाेजक टिमले मंगलबार पत्रकार सम्मेलन गर्दै बताएकाे छ ।

मानव अधिकारीको बिश्वब्यापी घाेषणापत्र जारी भएकाे ७५ बर्ष भएकै सन्दर्भमा चलचित्र महाेत्सबका लागि “सबैका लागि मानव अधिकार उत्सव” भन्ने मुल बिषय बनाएकाे आयाेजकले बताएकाे छ ।

याे फेस्टिबल कर्णाली , सुदुरपश्चिम र बागमती प्रदेशमा आयाेजना हुनुका साथै उक्त फेस्टिबलमा युरोपका ख्याति प्राप्त निर्देशकहरुले निर्देशन गरेका आठ वटा फिल्मका साथै नेपाली युवा निर्देशकहरुले निर्माण गरेका छाेटा छाेटा फिल्म हरु देखाईनेछ ।

सुदुरपश्चिम , कर्णाली र बागमती तिनवटै ठाउँहरुकाे महाेत्सबकाे सुरुमा समकालीन समयकाे एउटा मुख्य मानव अधिकारीको सवाल मानिने आप्रवासनकाे कथालाई प्रस्तुत गरेकाे चलचित्र ह्यामि रामेजनद्धारा निर्देशित “एनी डे नाउ ” भन्ने चलचित्रको प्रदर्शनीबाट हुनेछ ।

फेस्टिबलकाे मुख्य उद्देश्य आममानिसमा उनिहरुकाे अधिकारीको बारेमा सचेतना अभिबृद्धि गर्ने र सबै मानिसकाे मानव अधिकारीको रक्षा गर्न सञ्जाल तथा ऐक्यबद्धता निर्माण गर्ने रहेकाे नेपालीका लागि युरोपियन युनियनकि राजदूत नाेना डेप्रेजले मंगलबार सम्पन्न भएकाे पत्रकार सम्मेलनमा बताएकि छन् ।