सलमान खानलाई आयो ३० अप्रिलमा मार्ने धम्की

चैत्र २८, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई फेरी मार्ने धम्की आएको छ । भारतीय सञ्चार माध्यमका अनुसार उनलाई जोधपुरका रकी भाइले ३० अप्रिल (वैशाख १७ गते) मार्ने धम्की दिएका हुन् । उक्त धम्कीपछि सलमान खानको सुरक्षा बढाइएको छ । मुम्बई पुलिसले आफ्नो जाँच सुरू गरिसकेका छन् ।

सलमानलाई धम्की आएको एएनआईले ट्वीटरमार्फत जानकारी दिएको छ ।

‘फोन पुलिस कन्ट्रोल रूममा आएको थियो । उसले आफूलाई जोधपुरको रकी भाइ बताएका छन् । उनले ३० अप्रिलमा सलमान खानलाई मार्ने धम्की दिएका छन् । यस मामलामा पुलिसले छानबिन प्रक्रिया अगाडि बढाएको छ,’ एक प्रहरीको बयान उद्धृत गर्दै एएनआईले लेखेको छ ।

लोरेन्स बिश्नोई ग्याङबाट लगातार ज्यान मार्ने धम्की आएपछि केही दिनअघि सलमान खानले बुलेटप्रुफ कार किनेका थिए । उनले सेतो रंगको निसान पेट्रोल एसयुभी कार किनेका हुन् ।

सलमानलाई बुलेटप्रुफ कार किन्ने सल्लाह सुरक्षा व्यवस्थापन टिमले दिएका हुन् ।