
चैत्र ६, सुर्खेत | जिल्लाको वीरेन्द्रनगरमा भोलि मंगलबार संगीत यात्रा कार्यक्रम हुने भएको छ ।

आयोजक टिमले आज सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबार सुर्खेतको वीरेन्द्रनगर स्थित सिटी हलमा “राष्ट्रका लागि संगीत यात्रा” कार्यक्रम आयोजना गरिएको जानकारी दिएका हुन् ।
उक्त “संगीत यात्रा” कार्यक्रम भोलि मंगलबार सिटी हलमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
कार्यक्रम मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको प्रस्तुति हुने आयोजक टिमले जानकारी दिएको छ ।

कार्यक्रम निशुल्क हेर्न सकिनेछ ।
