छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु हुदैँ

फाल्गुन २३, २०७९ ‘छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) २०२३ काठमाडौँमा सुरु हुने भएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै यस महोत्सवका लागि चयन भएका चलचित्रहरू हेर्न दर्शकलाई हलमा टिकट खुला गरिएको पनि आयोजकले जनाएको छ । ‘यो महोत्सव यही चैत २ गते देखि ६ गते सम्म हुनेछ ।

महोत्सवमा ३५ देशका ९५ प्रतियोगी चलचित्र प्रदर्शन हुने छ । महोत्सवमा उद्घाटन चलचित्रका रूपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन गरिने भएको छ ।

यसपटक ‘निफ’का प्रतिस्पर्धी चलचित्र चारवटा सिनेमा हलमार्फत प्रदर्शन गरिनेछ । क्यूएफएक्ससँगको सम्झौतानुसार काठमाडौंको सिटी सेन्टर र छायाँ सेन्टर, पुल्चोकको लबिङ मल र भक्तपुरस्थित राधेराधेको भाटभटेनीमा रहेको हलमा प्रतिस्पर्धी चलचित्र प्रदर्शन गरिने भएको छ । विगतमा झैं यसपटक पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरू प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ ।

उक्त महोत्सवको उद्घाटन काठमाडौंको सिभिल मल सुन्धारामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्ने आयोजकले जानकारी दिएको छ