
पछिल्लो ३ महिना यता सुर्खेतको वीरेन्द्रनगरकाे दैलेख रोड चोकमा राखिएको हाइस्मार्ट लाईट बलेकाे छैन । जनताले पटक पटक बिधुत कार्यलयलाई भन्दा पनि सुनुवाई नभएको गुनासो गरेका छन् । यता बिधुत प्राधिकरण सुर्खेतले भनेकाे छ तार जलेको कारण हामीले लाईन काटेका हौ नगरपालिकालाई जानकारी गराईसकेका छौ । के कति कारण हाइस्मार्ट लाईट मर्मत गर्न ढिलो भएको भनी सुर्खेत बिधुत प्राधिकरणका फोरमेन पदम बुढा संग लाइका खबरका तर्फबाट जगतबाबु अधिकारीले गरेकाे कुराकानीकाे याे अंश हेर्नुहाेस ।

१ पदम सर लाईका खबरमा स्वागत छ ।
हजुर धन्यबाद ।

२) सुर्खेतको वीरेन्द्रनगर दैलेख रोड चोकमा राखिएको हाइस्मार्ट लाईट बल्न छोडेको तीन महिना भन्दा बढी भयो किन मर्मत नगर्नु भएको ?
हामिलाई जानकारी आएको २०८०/०४/३२ गते हो । जानकारी आएपछि मर्मतकार्यका लागि प्राबिधिक टोलि सो स्थानमा पुग्दा तार जलेको देखियो त्यसपछि नगरपालिकालाई तार जलेको छ नयाँ तार ल्याएर खबर गर्नुहोला भनी हामिले भन्याै र अहिले सम्म नगरपालिकाले तार ल्याएको जानकारी दिएको छैन । तीन महिना देखि बन्द भएको थाहा भएन जब नगरपालिकाले हामिलाई जानकारी दिए पछि मात्र हामिलाई थाहा भयो । नगरपालिकाले तार ल्याएको २ देखि ३ घण्टा भित्र लाईन मर्मत गरी सुचारु गर्न सकिन्छ ।
३) हाइस्मार्ट लाईट बिग्रेपछि मर्मत गर्ने जिम्मा बिधुतको होइन र ?
कुनै पनि ग्राहकहरुले आफ्नो लाईन बिग्रेको खबर गरेपछि मर्मत टिम सो स्थानमा पुग्छ । सामान आवश्यक परेको खण्डमा सो सामान ल्याएर खबर गर्नुहोला भनी फर्किन्छन । सामान ल्याउनु पर्ने जिम्मेवारी त ग्राहक स्वंम आफैको हो । हाइस्मार्ट लाईटको तार जलेको जानकारी नगरपालिकालाई दिएपछी तार त नगरपालिकाले ल्याउनु पर्यो तार ल्याएपछि लाईन मर्मत कार्य गर्ने जिम्मा बिधुत को हो ।
४) नगरपालिकालाई कती पटक जानकारी गराउनु भयो ?
दुई पटक तपाई को हाइस्मार्ट लाईट मर्मत गर्नको लागि ५ देखि ६ मिटर तार लाग्छ ल्याएर खबर गर्नुहोला भनी भनेका छाै । तर नगरपालिकाले सत्यनारायण मन्दिर नजिकको बचेको तार ल्याएर मर्मत गर्नु भनेको हुँदा हामिले ल्याउन नमिल्ने हुँदा तपाईं हरुले ल्याएर खबर गर्नुहोला अनि लाईन मर्मत कार्य गरिदिन्छौ । भनेको पनि धेरै दिन भइसकेको छ । अहिले सम्म नगरपालिकाले तार ल्याएको जानकारी दिएको छैन ।
५) अब के उक्त तार नगरपालिका उपलब्ध गराएन भने त्यहा हाईमास्ट लाईट नबोल्ने हो ?
तार नगरपालिकाले उपलब्ध नगराए सम्म हाईमास्ट लाईट बल्दैन बिधुतले तार उपलब्ध गराउने गरेको छैन । सो जलेको तार सोही ग्राहकले उपलब्ध गराएपछी बिधुतले मर्मत गर्ने हो ।
५) अब तपाईको भनाई अनुसार जम्मा तार लाग्ने ६ मिटर त्यही ६ मिटरको कारण अहिले दैलेख रोड चोक अँध्यारो छ ६ मिटर कारण बिधुत अड्किन मिल्छ र ?
बिधुत संग सो तार हुँदैन हामिले खरिद पनि गर्न मिल्दैन र बिधुतले उपलब्ध गराउने पनि गरेको छैन । नमिल्ने कुरा कसरी गर्न सकिन्छ ।
६) अब अन्त्यमा हाइस्मार्ट लाईटको उज्यालोको कारणले गर्दा त्यो एरिया भर चोरीड्कैती कम हुन छाडेको थियो होला अब यसको जतीसक्दो चाँडो समाधानको उपाए भनेको वीरेन्द्रनगर नगरपालिकाले तार किनेर ल्यानु नै होत ?
हो जति सक्दो छिटो नगरपालिकाले तार उपलब्ध गराउछ । अनि मात्र तार परिवर्तन गरि हाईमास्ट लाईट सुचारु हुनेछ । तार ल्याएको २ देखि ३ घन्टा भित्र लाईन मर्मत गरि सुचारु गर्न सकिन्छ ।
६) हस जानकारीको लागि धेरै धेरै धन्यवाद
हस हजुर हजुरलाई पनि धन्यवाद स्पष्ट पार्ने मौका दिनु भएकोमा ।
नाेटः हामीले समाचार तयार पर्दा सम्म साे स्थानमा हाइस्मार्टलाइट बलिसकेकाे जानकारी प्राप्त भएकाे छ ।