
बझाङ। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सहुलियतमा वितरण गरेको भानु नुन पसल खुला हुनुपर्छ, जता पनि पाइन्छ । ग्राहकले भनें साल्ट ट्रेडिङको नुन बेच्ने पसलेबाटै कारोबार गरिरहेका छन् । साल्ट ट्रेडिङ कर्पोरेशनको डिपोबाट प्रति पाकेट नौ रुपैयाँमा किनेर व्यापारीले १५ देखि २० रुपैयाँमा बेच्दै आएका छन् ।

बझाङमा नुन विक्रीका लागि आधिकारिक विक्रेता भनेको साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड हो । साल्ट ट्रेडिङको डिपोबाहेक कसैले पनि नुन बेच्न पाउँदैन ।
तर व्यायापारीलाई साल्ट ट्रेडिङको नुन किन बेचेको भन्ने प्रश्नमा भने उनिहरू नाजवाफ हुनेगरेका छ्न् । कतीपय व्यापारीहरूले ग्राहक नुनका लागि आएपछि उनिहरूलाई समस्या नहोस् भन्नका लागि आफ्नो लागि राखेको केही पाकेट नून पसलमा पनि राख्ने गरेको बताउने गरेका छ्न् । उनिहरू आफुले मात्र नभई बजारमा धेरैले सहुलियतमा वितरण गरेको भानु नुन बेच्ने गरेको बताउँछन् । कतिपय पसलेहरूले भनें निर्धक्कसँग साल्ट ट्रेडिङको नुन बिक्री गरिरहेका छ्न् । उनिहरू डिपोबाट कट्टाका हिसाबले नुन ल्याउने र महँगोमा बेच्ने गर्छन् ।

खप्तडछान्ना–६ का महेश थापा बताउछन्, “व्यापारीले बर्खा नलाग्दै क्विन्टलका हिसाबले डिपोबाट नुन उठाए । अहिले डिपोमा नुन घट्यो, किन्नेको चाप बढ्यो । यता व्यापारीहरू लुकिछुपी बेच्न थाले ।”
यसरी अवैधानिकरूपमा किनबेच गर्नेलाई सरोकारवालाले अनुगमन गरेर कारबाही गर्नुपर्ने उनले बताए ।