आफ्नै युट्युव च्यानल संचालन गर्दै वीरेन्द्रनगर नगरपालिका

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आफ्नो सुर्खेतकाे १३औं नगर सभा मार्फत आर्थिक बर्ष २०८०/८१ को नीति, कार्यक्रम तथा बजेट अंतर्गत आफ्नै युटुव च्यानल संचालन गर्ने भएको छ ।

साथै नगरकी मेयर मोहनमाया ढकालले नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गर्दे आर्थिक बर्ष २०८०/८१ मा सोसल मिडियालाई प्रयोगमा ल्याउँदै डिजिटल प्रविधि उन्मुख हुने बताएकी छन् ।