
सुर्खेत । जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो २८औं स्थापना दिवस मनाएको छ । वीरेन्द्रनगर-१ स्थित जनकल्याण बचत तथा ऋण सहकारीले बिभिन्न सप्ताह व्यापी कार्यक्रम गरी २८औं स्थापना दिवस मनाएको हो ।

यसै अवसरमा सहकारीले एक हप्तासम्म ज्यष्ठ सदस्य सम्मान, मा.वि. स्तरीय कविता प्रतियोगिता, स्वास्थ्य शिविर (कान उपचार), रक्तदान कार्यक्रम, स-प्रेम भोजन अर्पण, संस्थाका सदस्य, सेयर सदस्य, निर्वतमान संस्था पदाधिकारी, भिभिन्न सामाजिक व्यक्तित्वलाई सम्मान-पत्र तथा पुरुस्कार वितरण जस्ता कार्यक्रम आयोजना गरेको थियो ।
आज जेठ २८ गते सहकारीको २८ औं स्थापना दिवसकै अवसरमा वीरेन्द्रनगर-१ स्थित सामुदायीक सिकाई सभाहलमा एक कार्यक्रमको आयोजना गरी २८औं स्थापना दिवस कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा सुर्खेत जिल्ला समन्वय प्रमुख गंगाराम सुनार प्रमुख अतिथिको रुपमा रहनुभएको थियो भनें सभाध्यक्षमा जनकल्याण बचत तथा ऋण सहकारी अध्यक्ष महेद्र प्रसाद शर्मा रहनुभएको थियो।
साथै विभिन्न विधामा अतिथिहरूलाई पुरुस्कार तथा सम्मान-पत्र वितरण गरी भव्यरुपमा स्थापन दिवस मनाईएको छ ।
प्रमुख अतिथि गंगाराम सुनारले शुभकामना मन्तव्यमा सहकारीको योग्दान र कामको कदर गर्दै सहकारीलाई उत्पादन मुलक कार्यमा उन्मुख हुन् सुझाव समेत दिनुभयो ।
यस्तै, सहकारी अध्यक्ष शर्माले सेयर सदस्यहरूनै सहकारीको मेरुदण्ड भएको र सहकारीलाई गतिशिल बनाउन संस्थापन, सेयर सदस्य र सम्पूर्ण नागरिक समाज जागरुक हुन आग्रह गर्नुभएको छ ।