रुकुमपश्चिममा बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

जेठ २२, रुकुमपश्चिम | जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले बैंकिङ कसुरका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । रुकुम पश्चिम आठबिसकोट नगरपालिका वडा नम्बर ४ गोतामकोट छोटे बगर बस्ने २८ बर्ष का हेमन्त बिष्टलाई आठबिसकोट नगरपालिका इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो ।

सूचनाका आधारमा प्रहरी टोलीले उनकै निवासबाट पक्राउ गरेको थियो । अभियुक्तलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको छ ।