
काठमाडौं,जेठ १६ । बजेटपछिको पहिलो कारोबार दिनमै सेयार बजार दोहोरो अंकले घटेको छ ।

मंगलबार नेपाल स्टक एक्सचेञ्जको बजार परिसूचक ५३.१६ अंक घटेर बजार बन्द भएको छ ।
मंगलबार १८८८.६१ विन्दुमा झरेको बजारमा २०७ कम्पनीको सेयर मूल्यमा गिरावट आयो । ९ वटा कम्पनीको मात्रै सेयर मूल्य बढ्यो भने ३ वटाको स्थिर रह्यो ।

मंगलबार कारोबार रकम २ अर्ब ३० करोड नाघेको छ । ७० लाख ७४ हजार कित्ता सेयर ४० हजार ६३४ पटक खरिदबिक्री हुँदा २ अर्ब ३४ करोड १७ लाख रुपैयाँको कारोबार भएको छ ।