प्रतितोला १ हजारले बढ्यो सुनको मूल्य


बुधबार नेपाली बजारमा सुन-चाँदीको मूल्य बढेको छ ।

आज तोलामा १ हजारले बढेर छापावाल सुन प्रतितोला १ लाख १० हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ। आज चाँदी प्रतितोला १४५० रूपैयाँमा कारोबार भइरहेको छ।