१० रुपैयाँले घट्यो बोइलर कुखुराको मूल्य

चैत २०, काठमाडौं । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले मंगलबारदेखि लागु हुनेगरी जिउँदो बोइलर कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले घटाएको छ ।

संघका अनुसार अब मंगलबारदेखि जिउँदो बोइलर कुखुराको मूल्य २८० रुपैयाँ प्रतिकिलो कायम भएको छ । ‘२१ चैत, २०७९ मंगलबारदेखि जिउँदो ब्रोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य १० रुपैयाँले घटेर २८० रुपैयाँ कायम भएको छ’ सचिव गिरीले भने । उनकाअनुसार अब तयारी मासुको मूल्य पनि घटेको जिउँदो कुखुराको मूल्यअनुसार मंगलबारदेखि समायोजन हुनेछ ।