प्रतिताेला ६ सयले घट्याे सुनकाे मूल्य

चैत १९, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार ६ सयले घटेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार प्रतितोला ६ सयले घटेको छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेकाे छ ।

शुक्रबार प्रतिताेला १ हजारले बढेकाे छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रूपैयाँ र तेजाबी सुन प्रतिताेला १ लाख ८ हजार ७०० रूपैयाँमा कारोबार भइरहेकाे थियाे ।

यस्तै, आज चाँदीको मूल्य भने बढेर प्रतितोला १४१० रूपैयाँमा कारोबार भएको छ ।