आज पनि सुनको मूल्य घट्ने क्रम जारी

चैत १६, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आइतबार देखि घट्ने क्रम जारी नै रहेको छ । यस्तै आज बिहीबार पनि सुन तोलामा ३ सय रुपैयाँले घटेको छ ।

आज बिहीबार प्रतितोला ३ सयले घटेको छापावाल सुन प्रतितोला १ लाख ८ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार छापावाला सुन प्रतितोला १ लाख ८ हजार ५०० रूपैयाँ कारोबार भएको महासंघले जनाएको हो ।

यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १३७५ रूपैयाँमा कारोबार भएको छ ।