एकैदिन प्रतिताेला १ हजारले घटयाे सुनकाे मुल्य

चैत १४, काठमाडाैं । नेपाली बजारमा आइतबार देखि घटेकाे सुनकाे मूल्य आज पनि प्रतिताेला १ हजारले घटेकाे छ । नेपाली बजारमा आइतबार प्रतिताेला ६ सय, साेमबार प्रतिताेेला २ सय र मंगलबार प्रतिताेला १ हजारले सुनकाे मूल्य घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

साेमबार भने छापावाला सुन प्रतिताेला १ लाख ९ हजार रूपैयाँ र तेजाबी सुन प्रतिताेला १ लाख ८ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै, आज भने चाँदीकाे मूल्य ५ रूपैयाँले घटेर प्रतिताेला १ हजार ३ सय ५५ रूपैयाँमा काराेबार भएकाे छ ।