प्रतिताेला ६ सयले घटयाे सुनकाे मूल्य, चाँदीकाे भने बढयाे

चैत १२, काठमाडाैं । आज आइतबार नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला ६ सयले घटेकाे छ भने चाँदीकाे मूल्य बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ २ सय र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । 

शुक्रबार भने छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ ८ सय र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमाकारोबार भएको थियो ।

यस्तै, आज भने चाँदीकाे मूल्य १० रूपैयाँले बढेर प्रतिताेला १ हजार ३ सय ७० रूपैयाँमा काराेबार भएकाे छ । शुक्रबार भने चाँदीकाे मूल्य बिहीबारकै मूल्य १३६० रूपैयाँमा काराेबार भएकाे थियाे ।