
चैत ९, काठमाडाैं । आज बिहीबार नेपाली बजारमा हिजाे बुधबारकाे तुलनामा सुनकाे मूल्य प्रतिताेला १२ सयले बढेकाे छ ।

बिहीबार सुनकाे मूल्य प्रतिताेला १२०० रूपैयाँले र चाँदी प्रतिताेला २५ रूपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार छापावाल सुन प्रतितोला १ लाख ७ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीकाे मूल्य पनि २५ रूपैयाँले बढेको छ । चाँदी प्रतिताेला १ हजार ३ सय ६० रूपैयाँमा काराेबार भएकाे छ । हिजाे चाँदीकाे मूल्य १३३५ रूपैयाँमा काराेबार भएकाे थियाे ।