प्रतिताेला २ हजारले घटेयाे सुनकाे मूल्य

चैत ८, काठमाडाैं । आज नेपाली बजारमा सुनकाे मूल्य प्रतिताेला २ हजारले घटेको छ ।

मंगलबार भने सुनकाे मूल्य ५०० रूपैयाँले र चाँदीकाे मूल्य १० रूपैयाँले बढेको थियाे ।

बुधबार २ हजारले घटेर सुन प्रतिताेला १ लाख ७ हजार र तेजाबी सुन प्रतिताेला १ लाख ७ हजार रूपैयाँमा काराेबार भइरहेकाे छ ।

मंगलबार ५०० रूपैयाँले बढेर प्रतिताेला १ लाख ९ हजार ८०० र तेजाबी सुनकाे मूल्य प्रतिताेला १ लाख ९ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

यस्तै, आज चाँदीकाे मूल्य ५ रूपैयाँले घटेको छ । चाँदी प्रतिताेला १ हजार ३ सय ३५ रूपैयाँमा काराेबार भएकाे छ । हिजाे चाँदीकाे मूल्य १३४० रूपैयाँमा काराेबार भएकाे थियाे ।