यस्तो छ सुनको मुल्य उकालो लाग्नुको कारण

फागुन ३०, पछिल्लो पाँच दिनमा सुनको मुल्य पाँच हजारले बढेको छ । फागुन २५ गते प्रतितोला १ लाख १ हजार रुपैयाँमा कारोबार भएको सुन ५ दिनमा ४ हजार ७ सय रुपैयाँले बढेर आज (३० गते) १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । आज एकै दिन सुन १६ सय रुपैयाँले बढेको छ ।

अमेरिकाको बैंकिङ क्षेत्रमा केही खराबी देखिँदा लगानीकर्ताले सुनको माग बढाएपछि मूल्य बढेको जानकारहरु बताउँछन् । अन्तराष्ट्रिय बजारको मूल्यअनुसार नेपालमा पनि समायोजन हुन्छ । अमेरिकाको सिलिकन भ्याली बैंक बन्द भएयता सुनको भाउ क्रमिक रुपमा उकालो लागेको छ । साथै आइतबारदेखि अर्को बैंक सिग्नेचर पनि बन्द भएको छ । अमेरिकी बैंकिङ क्षेत्रमा खराबी देखिँदा स्टक मार्केटमा त्यसको असर पर्नुले सुनको मूल्यमा प्रभाव देखिएको हो ।