
फागुन ३०, काठमाडौँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य हवातै बढेको छ ।

याे साता सुनको मूल्य लगातार बढेढै गएकाे छ । आइतबार १७ सय,साेमबार ६ सय र मंगलबार १६ सयले प्रतिताेला सुनकाे मूल्य बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आज सुनको मूल्य तोलामा १६ सय रुपौयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ५ हजार ७ सय र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार २ सय रुपौयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

साेमबार तोलामा ६०० रुपैयाँले बढेकाे सुन छापावाला सुन प्रतितोला १ लाख ४ हजार १ सय र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले बढेको छ । साेमबार १ हजार २ सय ४५ रूपैयाँमा काराेबार भएकाे चाँदीको मूल्य आज मंगलबार १ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।