साेमबार प्रतिताेला ६ सयले बढेयाे सुनकाे मूल्य

फागुन २९, काठमाडौँ । आज साेमबार सुनचाँदीको मूल्य बढेको छ ।

साेमबार नेपाली बजारमा सुनको मूल्य तोलामा ६ सय रुपौयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघलले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार साेमबार ६ सयले बढेको छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४ हजार १ सय र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार ६ सय रुपौयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

आइतबार सुनको मूल्य तोलामा १७ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख ३ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आइतबार १ हजार २ सय ४५ रूपैयाँमा काराेबार भएकाे चाँदीको मूल्य आज तोलाको १२५५ रुपैयाँमा कारोबार भइरहेको छ ।