आइतबार एकै दिन १७ सय रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो?

फागुन २८, काठमाडौँ । लगातार घटेको सुनको मूल्य साताको पहिलो दिन फेरी १७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघलका अनुसार आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा १७ सयले रुपौयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघलले जनाएको छ ।

आइतबार १७ सयले बढेको छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३ हजार ५ सय र तेजाबी सुन प्रतितोला १ लाख ३ हजार रुपौयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला १ लाख १ हजार ८ सय र तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलाको १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।