उद्योग वाणिज्य महासङ्घ कर्णालीकाे अध्यक्षमा शाही निर्विरोध निर्वाचित

फागुन २६, सुर्खेत । नेपाल उद्योग वाणिज्य महासङ्घ सुर्खेत शाखा कर्णालीकाे अध्यक्षमा पदमबहादुर शाही पुन निर्वाचित भएका छन् ।

बिहीबार छैटौँ अधिवेशनबाट शाही निर्विरोध अध्यक्षमा निर्वाचित भएका हुन् ।

यस्तै उपाध्यक्षमा हर्ष विक्रम खड्का र सुधन श्रेष्ठ, कोषाध्यक्षमा भानुभक्त बराल निर्वाचित भएका छन् ।

सदस्यमा खड्क बहादुर शाही, लक्ष्मी कार्की (सिया), न्यामगाल तामाङ, कुमार बुढाथोकी, कुमार प्याकुरेल, इन्द्रप्रसाद शर्मा, र कमल नेपाल निर्वाचित भएका छन् ।