आइतबार सुनचाँदीको मूल्यमा सामान्य वद्धि, कतिमा हुँदै छ कारोबार ?

फागुन २१, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य ३०० रुपैयाँले बढेको हो ।

यस्तै, आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ८०० र तेजाबी सुनको मूल्य १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्इ १ लाख २ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्यमा पनि वद्धि भएको छ । आज चाँदीको मूल्य १० रुपैयाँले बढेर तोलाको १२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।