करोडौं खर्च, अवस्था उस्तै, कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा यात्रुलाई सास्ती

माघ २५, सुर्खेत । कर्णाली राजमार्ग गुणस्तरीय नहुँदा बर्सेनि राजमार्गमा यात्रा गर्ने कर्णालीवासीले सास्ती बेहोर्दै आएका छन् ।

राजमार्गको स्तरोन्नतिका लागि सरकारले बर्सेनि बजेट विनियोजन गरे पनि स्तरोन्नति हुन नसकेको स्थानीयवासीले बताए ।

राजमार्गको स्तरोन्नति नहुँखा यात्रसलाई मात्र नभई सवारी चालक र गाडी धनीहरुलाई उत्तिकै पिरोल्ने गरेको छ ।

सडक सञ्चालनमा आएको लामो समय भइसक्दा पनि कर्णाली साजमार्गमा ढुक्कका साथ यात्रा गर्न सकिने सडक अझै नबनेको र सडक जीणर् हुँदा जोखिमपूणए यात्रा गर्नुपर्ने बाध्यता भएको कर्णालीवासीको गुुनासो छ ।

’हामी वर्षौंदेखि जोखिमपूणर् यात्रा गर्न बाध्य छौँ ’कहिले धुलाम्मे त कहिले हिलाम्मे सडकमा यात्रा गर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै छ, कालीकोटको पचालझरनाका स्थानीय कटकबहादुर बमले भने ।

सडक डिभिजनमार्फत टुक्रे मर्मत-सम्भारका काम हुँदै आएको छ । सडक डिभिजन कार्यालय जुम्लाका इञ्जिनियर चित्र चौलागाईंले भने, ’ठाउँ ठाउँमा हामीले स्तरोन्नति गरिरहेका छौँ। तर बजेट नहुँदा समस्या परिरहेको छ, हाम्रो क्षमताले गर्न सक्ने काम गरिरहेका छौँ ।’

सङ्घीय सरकारको भौतिक पूर्वाधार तथा यातायात सहसचिव एवम् (प्रवक्ता) मन्त्रालयका शिवप्रसाद नेपालले स्रोत नहुँदा कर्णाली राजमार्ग स्तरोन्नतिको काम अगाडि बढ्न नसकेको बताए । ’अहिले नेपाल सरकार उक्त राजमार्ग निर्माणका लागि स्रोतको खोजीमा छ’, उनले भने ।