बिहे गर्न नमान्दा प्रेमीले गरे प्रेमीकाको विभत्स हत्या

मोरङको पथरीशनिश्चरे ७ मा सोमबार राति हत्या गरिएकी १५ वर्षीया किशोरीलाई उनकै प्रेमीले ज्यान लिएको प्रहरीले बताएको छ । १५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा पक्राउ परेका मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेर मोरङ प्रहरीले आज सार्वजनिक गरेको हो । आरोपी आफूभन्दा दोब्बरभन्दा धेरै उमेरले कान्छी किशोरीसित डेढ वर्षदेखि प्रेम सम्बन्धमा […]

बाराकाे अमलेखगञ्जमा बस दुर्घटना, १८ घाईते

बारामा चितवनबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस अनियन्त्रित भै बाराको अम्लेखगञ्ज ३ नं पुल नजिकै दुर्घटना भएको छ । मंगलबार भएको सो दुर्घटनामा १८ जना घाइते भएका छन । उक्त बसमा जम्मा ३० जना यात्रु रहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । तिब्र गतिमा गुडेको बस ना ६ ख ९०३० नम्बरको यात्रुवाहक बस अनियन्त्रित […]

गठबन्धनमा समस्या देखिएपछी माधव नेपाल फकाउन ओली र प्रचण्डको दौड

नयाँ समिकरण अनुसार गठबन्धनमा समस्या देखिने भएपछी माधव कुमार नेपाललाई फकाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको दौड तिब्र बनेको छ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई भेट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट निस्किएका छन् । सत्ता गठवन्धनको वैठकमा माधव नेपाल […]

कर्णाली सरकारबाट कांग्रेस बाहिरियो

२२ फागुन, सुर्खेत । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका तीन जना मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरुले मंगलबार दिउँसो पत्रकार सम्मेलन गर्दै राजीनामा दिंदै सरकारबाट बाहिरिएको जानकारी दिएका हुन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक विकासमा खड्गबहादुर पोख्रेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा कृष्णकुमार वीसी मन्त्री बनेका थिए । केन्द्रमा सत्ता समीकरण […]

पशुपतिमा गरियो शालिनको दाह संस्कार

विद्यालयको छात्रावासमा झुन्डीएको अवस्थामा फेला परेकी छात्रा शालिन पोखरेलको अन्तिम दाह संस्कार गरिएको छ । पोखरेलको उनकाे अन्त्येष्टि पशुपति आर्यघाटमा गरिएको हो । मृतकका पिताले आफ्नो छोरीलाई दाग बत्ती दिएर अन्तिम बिदाई गरेका थिए । त्यहाँ उपस्थित आफन्तले उनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन होस भन्दै न्यायका लागि माग गरेका थिए । पोखरेल मृत्यु प्रकरणमा पक्राउ […]

केन्द्रिय राजनीतिको प्रभाव प्रदेशमा, सुदूरपश्चिममा माओवादीका मन्त्री बर्खास्त

केन्द्र सरकारमा देखिएको राजनैतिक परिवर्तनको प्रभाव प्रदेशमा समेत देखिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले सरकारमा रहेका माओवादी केन्द्रका तीन जना मन्त्रीलाई बर्खास्त गरिदिएका छन् । माओवादीका सामाजिक विकासमन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी र सोही मन्त्रालयकी राज्यमन्त्री गीता माललाई मुख्यमन्त्री शाहले हटाईदिएका हुन् । सुदूरपश्चिममा कांग्रेस संसदीय […]

बुधबारदेखि वीरेन्द्रनगरमा दोस्रो कर्णाली चलचित्र कार्यशाला संचालन हुदै

दोस्रो कर्णाली चलचित्र कार्यशाला फागुन २३ गतेबाट संचालन हुने भएको छ । सुर्खेतमा हुने कार्यशाला आयोजक संस्था केबी इन्टरटेनमेन्ट प्रा.लि.ले फागुन २९ गतेसम्म गर्ने छ । ‘कर्णाली विकट भए पनि प्राकृतिक र भौगोलिक हिसाबले निकै सुन्दर भएको र सांस्कृतिक विविधताले भरिएको कर्णालीको कथा स्थानीय चलचित्रकर्मी मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनकै लागि गत वर्षबाट कर्णाली […]

आफ्नै व्यारेकभित्र झुण्डिएको अवस्थामा फेलापरे सशस्त्रका डीएसपी बस्याल ?

मोरङमा सशस्त्रका डीएसपी झुण्डिएको अबस्थामा मृत फेला परेका छन् । धनपालथान गाउँपालिका ३ सोराभाग स्थित गुल्मका प्रमुख समेत रहेका डिएसपी उपेन्द्र बस्याल सोमबार गुल्मको आफ्नै निवास छेउमा रहेको किचनको फेनमा प्लाष्टिकको डोरी लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । कार्यालय परिसरमा रहेको क्वार्टरमा झुन्डिएको अवस्थामा डीएसपी बस्यालको शव फेला परेको कोशी प्रदेश प्रहरी कार्यालय […]

शरिरकाे छाला सुन्दर र चम्किलाे बनाउन मद्दत गर्ने फलहरू

आफ्नो शरिरको छालालाई सुन्दर र चम्किलो राख्न कस्लाई रहर हुदैन र यसका लागि हामीले महँगो भन्दा महँगो प्रडक्टमा पैसा खर्च गरिरहेका हुन्छौ । महँगो स्क्रिन ट्रिटमेन्ट गराइरहेका छौ । छालालाई सुन्दर बनाइराख्न सही खुराक पनि आवश्यक छ भन्ने कुरा हामीमध्ये कतिलाई याद छ ? आफ्नो खानपान ठिक गर्ने हो भने बिना कुनै क्रिम वा केमिकलको […]