भुकम्पका घाईतेहरुको स्वास्थ्यउपचारका लागि गुराँस गाँउपालिकाले स्वास्थ्यकर्मी परिचालन गर्ने

भुकम्पमा परि घाईते भएकाहरुको उद्धार तथा स्वास्थ्य उपचारका लागि दैलेखको गुराँस गाउपालिकाले स्वास्थ्यकमी परिचालन गर्ने भएको छ । गाउपालिकाले एक प्रेस बिज्ञप्ती जारी गर्दै सो को जानकारी दिएको छ । गुराँस अस्पतालका मेडिकल डाक्टर नभिता कँडेल भारतिको नेतृत्वमा स्वास्थ्य टोली परिचालन गर्ने गाँउपालिकाका अध्यक्ष टोपाबहादुर बिसीले जानकारी दिए । लाईका खबरको टेलिफोन सम्बादमा उनेले भने […]

बाँकेमा भूकम्पका घाइतेहरूको उपचारका लागि अस्पताल, विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मी, एम्बुलेन्स लगाएत तयारी अवस्थामा

गएराति जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी गम्भीर घाइते भएकाहरूको उपचारका लागि बाँकेका ठूला अस्पताल तयारी अवस्थामा राखिएको छ । भूकम्पले जाजरकोट र रुकुम पश्चिम ठूलो मानवीय र भौतिक क्षती गरेको छ । बाँकेका भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, नेपालगन्ज नर्सिङ होम लगायतका अस्पतालहरू घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । […]

भूकम्पमापरी मृत्यू हुनेको संख्या १२१ पुग्यो

गएराति जाजरकोट केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १ सय २१ पुगेको छ । प्रहरीका अनुसार जाजरकोट र रुकुमपश्चिममा अहिलेसम्म कम्तीमा एक सय २१ जनाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिकामा मात्रै ३५ जनाको मृत्यु भएको छ । भेरी नगरपालिकाका नगर प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार स्वास्थ्य शाखामा अहिले ३० जनाको […]

भुकम्पमा परी जाजरकोटमा ३६ र रुकुम पश्चिममा ३५ जनाको मृत्यू

गएराती ११ः ४७ बजे जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परि दुई जिल्लामा ठुलो संख्यामा मानविय क्षेत्ती भएको प्रहरीले जनाएको छ ।अहिलेसम्म जाजरकोटमा ३६ र रुकुम पश्चिममा ३५ गरेर कम्तीमा पनि ७१ जनाको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । मृत्यू हुनेमा रुकुम पश्चिमको आठविसकोटमा एकैघरका ६ जना समेत रहेका छन् भने जाजरकोटमा नेपाली काँग्रेसबाट निर्वाचित […]