सीता दाहालको अन्त्यष्टिमा सँगै देखिए ओली, माधव, देउवा

नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको अन्तिम बिदाइका लागि बुधबार दिउँसो सर्वसाधारणदेखि नेतासम्म ठूलो भिड आर्यघाटमा लाग्यो। थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान निधन भएपछि सीताको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिएको थियो । नेकपा माओवादी केन्द्रकी केन्द्रीय सल्लाहकार सीता दाहालको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान निधन भएको छ । उनको शवयात्रा पशुपति आर्यघाटमा लगिएको थियो, […]

कर्णाली नदीमा पौडी खेल्ने क्रममा बर्दियाका एक युवक बेपत्ता

दैलेख । कर्णाली नदीमा पौडी खेल्ने क्रममा बर्दियाका २२ वर्षीय अर्जुन थारु बेपत्ता भएका छन् । बुधवार दिउँसो लगभग १:३० बजे दैलेखको दुल्लु नगरपालिका-३, बेदघाटमा कर्णाली लिप्चिङ खानेपानी योजनामा काम गर्ने बर्दिया राजापुर नगरपालिका वडा नं.९ का अर्जुन थारू बेपत्ता भएका हुन् सोही कर्णाली लिप्चिङ खानेपानी आयोजनाका कर्मचारी निरक साउदले अर्जुन थारु बेपत्ता भएको जानकारी […]

१७ वर्षपछि बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

महोत्तरी | महोत्तरीको भंगाहा नगरपालिका-४ का वडाध्यक्ष गणेश महतो बहुविवाह आरोपमा पक्राउ परेका छन् । मंगलबार छलफलका लागि पुगेका महतोलाई प्रहरीले बहुविवाहको आरोपमा नियन्त्रणमा लिएको हो । उनकी जेठी श्रीमती ललिता देवीले सप्रमाण प्रहरीमा उजुरी दिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । महतोले ललितासँग २०५८ सालमा विवाह गरेका थिए […]

काँक्रेबिहार संरक्षण क्षेत्रमा जरायो मारी भाग लगाउँदै गरेका ५ जना पक्राउ

सुर्खेत । काँक्रेविहारका संरक्षित जरायो मारेको आरोपमा पाँच जना पक्राउ परेका छन् । वीरेन्द्रनगर–१० नयाँगाउँ क्षेत्रबाट जरायो मारेर मासु भागवण्डा गरिरहेको अवस्थामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो । बुधबार विहान ३ बजे जरायो मारी भाग लगाइरहेको गोप्य सूचना पाएपछि सुर्खेत जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले बु घटनास्थल बाटै ५ जनालाई पक्राउ गरेको थियो । […]

प्रधानमन्त्री प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । ८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ । लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् ।

आजको मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

बुधबार मौसम देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सबै प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ-गर्जनरचट्याङसहित भारीदेखि धेरै भारी वर्षाको समेत सम्भावना छ । मधेस प्रदेश र लुम्बिनी प्रदेशका तराइका थोरै स्थानहरूमा हावा-हुरीको पनि सम्भावना रहेको छ। बुधबार राति देशभर सामान्यदेखि पूर्ण बदली […]