दिल्लीमा प्रधामनन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भेटवार्ता शुरू

बुधवार अपराह्न दिल्ली पुगेका प्रचण्डले पहिलो भेट प्रधानमन्त्री नरेन्द्र मोदीका सुरक्षा सल्लाहकार अजित डोभालसँग गरेका छन् । प्रचण्डलाई भेट्न डोभाल प्रधानमन्त्री बसेको होटलमा पुगेका थिए । डोभालको साथमा भारतीय विदेश सचिव विनयमोहन क्वात्रा थिए भने प्रचण्डसँग उनकी छोरी गंगा दाहाल थिइन् । सुरक्षा सल्लाहकार डोभाललाई प्रधानमन्त्री नरेन्द्र मोदीको विश्वासपात्र र दाहिने हातको रूपमा चर्चा गर्ने […]

प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार नयाँ दिल्लीमा कष्टम यार्डको संयुक्त रुपमा उद्घाटन गरेर कार्गो रेल सञ्चालनको अनुमति दिने

विराटनगरको एकीकृत भन्सार जाँचविन्दु (आईसीपी) मा निर्माण भएको रेल्वे यार्डसम्म कार्गो रेल सेवा सञ्चालन हुने भएको छ । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको भन्सार यार्डमा भोलिदेखि रेल आउने भएको हो ।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीले बिहीबार नयाँ दिल्लीमा भन्सार यार्डको संयुक्त रुपमा उद्घाटन गरेर कार्गो रेल सञ्चालनको अनुमति दिने […]

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणका लागि प्रस्थान गरेका छन्। नयाँदिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री प्रचण्डलाई संघीय विदेश मामिला तथा संस्कृति राज्यमन्त्री मीनाक्षी लेखीले स्वागत गरेकी छन्।

नेपालकाे शिक्षा क्षेत्रमा सुधारका लागि विश्व बैंकबिच सहुलियत ऋण र अनुदानबारे सम्झौता

काठमाडाैं,बैशाख १७ । नेपाल सरकार र विश्व बैंकबिच १२० मिलियन डलर सहुलियत कर्जा लिनेबारे अर्थमन्त्रालयका सचिव अर्जुन प्रसाद पोखरेल र विश्व बैंकका नेपाल निर्देशक फरिस हडाड ज्रेभोस बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा नेपालले इन्टरनेश्नल डेभलप्मेन्ट एशोसिएनमार्फत १२० मिलियन सहुलियत ऋण कर्जा पाउने उल्लेख छ । ग्लोबल पार्टनरसिप फर एडुकेशन फर दी स्कुल […]

विद्यालयमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला

काठमाडौँ , जेठ १७ । काठमाडौँ नयाँ बजारस्थित एक विद्यालयको छात्रावासमा १३ वर्षीय बालक झुन्डिएको अवस्थामा फेला परेका छन् ।इलिफ्स स्कुलमा कक्षा ५ मा अध्ययनरत अभिषेक तामाङ सोही विद्यालयको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । मृतकका आफन्तहरु घटनास्थल आउनुअघि नै पोष्टमार्टमका लागि शव अस्पताल लगेपछि उनिहरुले विरोध प्रदर्शन गरेका छन् ।

सिन्धुलीमा दुर्घटनामा परेर एक बालकको मृत्यु

सिन्धुली , जेठ १७ । सिन्धुलीको घ्याङलेख गाउँपालिका-१ अमलेमा आज ट्रयाक्टर दुर्घटना हुँदा एक बालकको मृत्य भएको छ । बोहोरेबाट गढीतर्फ जाँदै गरेको ज१त ९९४१ नं को ट्रयाक्टर दुर्घटना हुँदा बालकको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार कमलामाई नगरपालिका-२ का १४ वर्षीय ट्रयाक्टरका सहचालक लक्ष्मण विकको दुर्घटनामा मृत्यु भएको […]

यी ४ राशीका श्रीमतीहरु, श्रीमानलाई धेरै माया गर्छन

कसको चाहाना हुँदैन र श्रीमान् श्रीमती सधै हांसी खुशी बाँचौ । तर कसैको त्यो चाहनामा कहिलेकाँही ठेस लाग्छ, भने कसैको चाहना भने पुरा हुन्छ । कोहि महिला आफ्नो श्रीमानको इच्छा चाहनाको ख्यालै नगर्ने स्वार्थी हुन्छन् भने कोहि महिला आफ्नो श्रीमानलाई सुखी र खुशी राख्न कुनै कसुर बाँकी राख्दैनन् । ज्योतिष शास्त्रका अनुसार कसैले सुख र […]

बाँकेमा भएको दुर्घटनामा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी भाइबुहारीको मृत्यु

मंगलबार बाँकेमा भएको भयानक दुर्घटनामा उपप्रधानमन्त्री पूर्णबहादुर खड्काकी खड्काकी माइली भाइबुहारी ५३ वर्षीया सञ्जु खाती खड्काको मृत्यु भएको छ । बाँके जिल्ला प्रहरी प्रमुख एसपी सन्तोषसिंह राठोरका अनुसार सञ्जु सवार कारका चालक गोरखा, आँपपिपलका ३७ वर्षीय सुवास अधिकारीको पनि मृत्यु भएको छ। मंगलबार बेलुका बाँकेको राप्तीसोनारी गाउँपालिका–८ मुगुवा खोलानजिकै साढे चार बजेतिर नेपालगन्जबाट पूर्वतर्फ जाँदै गरेको […]

आज निर्जला एकादशी, यस्तो छ धार्मिक विश्वास !

वैदिक सनातन धर्मका अनुयायीहरूले आज निर्जला एकादशीका दिन घरघरमा मठमा तुलसीको दल राख्ने अनौठो परम्परा पालना गरिरहेका छन् । यो वार्षिक अनुष्ठान जेष्ठ शुक्ल एकादशीमा गरिन्छ, जसलाई निर्जला एकादशी पनि भनिन्छ। यस दिन रोपिएको बीउको पालनपोषण आषाढ शुक्ल एकादशीसम्म गरिन्छ, जसलाई हरिशयनी एकादशी पनि भनिन्छ । तुलसीको श्रद्धा आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म फैलिएको छ, यस […]