गुर्भाकाेट १२ मा जेष्ठ नागरिक सम्मान तथा सिलाई कटाई तालिम समापन

दिलिप ढकाल सुर्खेत,चैत २१ गुर्भाकोट नगरपालिकामा जेष्ठ नागरिक सम्मान तथा सिलाई कटाई तालिमको समापन गरिएको छ । गुर्भाकोट नगरपालिका वडा नम्बर १२ को वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरि जेष्ठ नागरिकलाई सम्मान तथा ४५ दिने स्तरोन्नति सिलाई कटाई सिप बिकास सम्पन्न भएको हाे । गुर्भाकोट नगरपालिका वडा नम्बर १२ भित्रका २५२ जना मध्ये आज १३० […]

इम्बोस्ड नम्बर प्लेटमा देवनागरीमै लेख्न मिल्ने

चैत्र २१, काठमाडौ । सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्न मिल्ने व्यवस्थामात्र थियो । त्यसलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने व्यवस्था थप गरिएको हो । ‘इम्बोस्ड नम्बर प्लेटमा नेपाली र अंग्रेजी दुबै भाषामा लेख्न सकिने कानुनी व्यवस्था गरेका हौं’ मंगलबार मन्त्रिपरिषदको निर्णय […]

कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छोनोट प्रतियोगिता हुँदै

चैत्र २१, सुर्खेत । प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड छोनोट प्रतियोगिता आगामी बैशाख ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने भएको छ । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आयोजनाम हुने प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड छोनोट प्रतियोगितामा सहभागिता जनाउन इच्छुक खेलाडिहरुलाई आवश्यक कागजात सहित काउन्सिलको इमेल [email protected] र कार्यालयमा चैत २९ गतेभित्र बुझाउन अनुरोध गरेको छ । खेलकुदले शारीरिक […]

पृथ्वीसुवा गुरुङले सुर्खेत आएर भनें : वर्तमान सरकारबाट मुलुकको विकास असम्भव छ !

चैत्र २१, सुर्खेत । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुवा गुरुङले नेपालको वर्तमान गठबन्धन सरकारको नेतृत्वमा मुलुकमा विकासको सम्भावना नरहेको बताएका छन् । सोमबार बिहान सुर्खेत विमानस्थलमा पत्रकारसँग कुरा गर्दै गुरुङले वर्तमान गठबन्धन सरकारले हनिमुन मनाइसकेको भए पनि सरकारले मन्त्रिपरिषद् लाई पूर्णता दिन नसकेको भन्दै आलोचना गरेका हुन् । गुरुङले नेपालमा आर्थिक र सामाजिक क्षेत्र कमजोर बन्दै […]

अनन्त गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम सरकारले गर्ने

चैत १९, काठमाडौं । सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण गरिरहेको धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण सामग्री लगायतको १७ करोड बढी रकम भुक्तानी गर्न बाँकी छ । […]

सुर्खेतबाट कालीकोटका जाँदै गरेको जिप दुर्घटनाका घाईते बोगटी मृत्यु

चैत २०, कालीकोट । सोमबार दिउँसो सुर्खेतबाट कालीकोटका लागि छुटेको क १ ज ५५ नम्बरको जीप दुर्घटनामा परि घाइते भएका १४ जना मध्ये १ जनाको मृत्यु भएको छ । उपचारका लागु लैजाने क्रममा घाइते भएका कालीकोटको नरहरीनाथ गाउँपालिका–७ का ३३ वर्षीय दुर्गबहादुर बोगटीको मृत्यु भएको हो । नेपाली सेनाको हेलिकोेप्टर मार्फत उपचारका लागि काठमाडौं पुर्‍याइएका […]

आजको मौसम : आज कहाँ-कहाँ हुँदैछ वर्षा ?

चैत्र २१, काठमाडौ । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी […]