बारामा एक युवकको घाँटी रेटी हत्या गरेको आरोपमा दुईजना पक्राउ

बारामा एक युवकको घाँटी रेटेर निर्ममता पूर्वक हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गत जेठ ६ गते जितपुरसिमरा उपमहानगरपालिका वडा नं.२० बसडिलवा गोठ टोल देखि करिब ५०० मिटर दक्षिणमा पर्ने कठोह खोला छेउमा बालुवामा पुरिएको अवस्थामा राजवशी पासवानको छोरा २५ वर्षीय दीपक पासवानको शव भेटीएको थियो । अनुसन्धान गर्दा जेठ ३ […]

भरतपुरको मेयरमा रेनु दाहाल र उपमेयरमा चित्रसेन अधिकारी विजयी

चितवन —भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहाल विजयी हुन सफल भएकी छिन् । एमालेका उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतनन्तरले हराउँदै रेनु दाहाल भरतपुरको मेयरमा दोस्रो कार्यकालका लागि निर्वाचित भएकी छिन् । भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक रूपमा निर्वाचन परिणाम भने अझै सम्म पनि सार्वजनिक भएको छैन ।प्राप्त विवरणअनुसार […]

७ सय ३४ पालिकाको मत गणना सकियो । कुन दलको भागमा कती तालिका हेर्नुहोस्

काठमाण्डौदेशभरका ७ सय ५३ वटा पालिकामध्ये हालसम्म ७ सय ३४ वटा पालिकाको मत गणना सकिएर अन्तिम नतिजा सार्वजनिक भैसकेको छ । २ सय ७५ नगरपालिका र ४ सय ५९ गाउँपालिका गरी ७ सय ३४ पालिकाको नतिजा सार्वजनिक भएको छ । बाँकी १९ वटा पालिकामा केही स्थानममा मतगणना भैरहेको छ भने केही स्थानमा मतगणनाको तयारी भैरहेको […]

सरकारको नीति तथा कार्यक्रम आज आउने

हरेक वर्षको १५ जेठमा संघीय सरकारको बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्थाअनुसार आगामी आर्थिक वर्षका लागि सरकारले नीति तथा कार्यक्रम मंगलबार संसदमा पेस गर्ने भएको छ । नीति तथा कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्ने कार्यक्रम तय भएको जनाइएको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद्को संयुक्त बैठक मंगलबार अपराह्न ४ बजेका […]