भ्रष्टाचार गरी कमाउछु भन्नेलाई राप्रपाबाट बिदाइ गरिनेछ : अध्यक्ष लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले चुनाव जितेर भ्रष्टचार गरी कमाउने रहर बोकेर राजनीतिमा आएका कार्यकर्तालाई पार्टीबाट बिदा गर्ने बताएका छन् । राप्रपा लमजुङले शनिबार बेसीशहरमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । ’भ्रष्टाचारीको आरोप लाग्यो भने एक जना व्यक्तिलाई मात्रै नभई सिंगो पार्टीसँगै व्यक्ति र उसका सात पुस्ता सम्मलाई नराम्रो छाप पर्नेछ,’ […]

राजपत्रमा छापियो एमसीसी सम्झौता

नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको सम्झौता राजपत्रमा प्रकाशित भएको छ । प्रतिनिधिसभाको फागुन १५ गते बसेको बैठकबाट व्याख्यात्मक टिप्पणीसहित अनुमोदन भएको सम्झौता कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार राजपत्रमा प्रकाशित गरिएको हो । नेपालको आर्थिक विकास र गरिबी निवारण प्रवर्द्धन गर्ने साझा उद्धेश्यमा नेपाल सरकार र एमसिसी दुवै पक्ष […]