भगवती पाण्डेलाई कार्वाही गर्नुपर्ने भन्दै सुर्खेतका मगर सामुदायको बिरोध प्रदर्शन

सुर्खेत । विवादास्पद अभिव्यक्ती दिएको भन्दै अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई कार्वाही गर्नुपर्ने भन्दै सुर्खेतमा विरोध प्रदर्शन गरिएको छ । विवादित अभिव्याक्ती दिएकी अधिवक्ता भगवती पाण्डेलाई कार्वाही गर्नुपर्ने भन्दै आज नेपाल मगरसंघ, जिल्ला समन्वय समिती सुर्खेत र नेपाल तामाङ घेडुङ, जिल्ला समन्वय समिती सुर्खेतले विरोध प्रदर्शन गरेका हुन् ।

उनिहरूले वीरेन्द्रनगर मुख्य बजार परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयका प्रमुख नारायण प्रसाद सापकोटा समक्ष विरोध पत्र समेत बुझाएका छन् ।

श्रावण १७ गते विवादास्पद अभिव्यक्ती दिएर पक्राउ परेकी अधिवक्ता भगवती पाण्डे थुनामुक्त गरिएकी थिईन ।

पाण्डेले प्राइम टिभीमा प्रसारित अन्तर्वार्तामा मुस्लिम, मगर, तामाङ लगायत समुदायको विवाह संस्कारलाई लिएर गरेको टिप्पणीप्रति ती समुदायले आपत्ती जनाउदै उनिहरूले विरोध प्रदर्शन गरेका हुन् ।