
नेपाली नारीहरुकाे महान चाड हरितालिका विशेष तिज गित “सम्झेर माईतीको आगन” सार्वजनिक भएकाे छ । गितकार कुमार कार्कीको रचना तथा कविराज गिरीको संगित रहेको उक्त गित श्रीनाथ फिल्मस् को ब्यानरमा निर्माण भएकाे गितकार कुमार कार्कीले बताउनु भएको छ ।

कृपा एण्ड कृतिका प्रोडक्सनकाे सहकार्यमा निर्मित तिज गित सम्झेर माईतीको आगन A1 Entertainment युटुब च्यानल मार्फत सार्वजनिक गरिएको हो । हिन्दु नारीहरुको महानचार्ड तिजलाई बिशेष गरि गित मार्फत माईतिलाई सम्झने, पिर ब्यथा भुलाएर रमाईलो गरिने पर्व हो ।
बदलिदो समयसंगै तिजको मौलिक संकृती हराउदै गएकाले यस बर्ष पनि हामीले मौलिक तिज गित बजारमा ल्याएको गितकार कार्कीकाे भनाई छ । सम्झेर माईतिको आगन गितमा स्वर दिईएकि छिन सुर्खेती चेली टिका पुनले भने अभिनय चर्चित मोडल आरुसी मगरले गरेकी छन् । गितकाे नृत्य निर्देशन चन्द्र मन्दिरको रहेको छ भने सहनृत्य निर्देशन पवनकुमार योगीले गरेका छन् । सुर्खेतमा छायांकन गरिएकाे म्युजिक भिडियाे अर्जुन सापकोटाले खिचेका छन्, भनें सम्पादन तथा कलर ग्रेडिङ्ग निर्देशक निर्मल प्याकुरेलले गरेका छन् । गितकार कुमार कार्कीले हौला भेट नमरी बाचेत ,पुतलिको भट्टि, मनैको पीडा , सम्झेर माईतिको आगन जस्ता A1 Entertaitment युटुब च्यानेल मार्फत बजार गित सार्बजनिक गरिसक्नु भएको छ ।

यदि तपाईंलाई यस गीतमा रुचि छ भने, यो यूट्यूब लिंकमा जानुहोस्: https://www.youtube.com/watch?v=kwVPfJz8VNg