
बर्दिया | बर्दियामा बाघ दिवस मनाईएको छ । बर्दिया राष्ट्रिय निकुञ्जले शनिबार विविध कार्यक्रमसहित विश्व बाघ दिवसको मनाएको हो । सन् २०१० देखि बाघ दिवस अन्तर्राष्ट्रियस्तरमा मनाउँदै आइएको छ ।

ठाकुरद्वारास्थित चोकमा निर्माण गरिएको बाघको सालिकमा बर्दिया निकुञ्जका प्रमुख अशोक भण्डारी लगायतले पूजा गरेका थिए । पूजा सकिएपछि स्थानीय विद्यालयका बालबालिकाले पञ्चे बाजा बजाउँदै सयौं विद्यार्थी, संरक्षणकर्मी लगायत कर्मचारी र्यालीमा सहभागी भएका छन् ।
र्याली निकुञ्जको मुख्यालयमा गएर टुंगिएको थियो । निकुञ्ज परिसरमा सञ्चारकर्मी, संरक्षणकर्मी र निकुञ्ज प्रशासन बाघ संरक्षण, यसको चुनौती विषयक अन्तरक्रिया गरिएको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ मा बाघलाई संरक्षित वन्यजन्तुको सूचीमा राखिएको छ ।
