सल्यानको “कुपिण्डे तालैमा” बोलको म्युजिक भिडियो सार्वजनिक

बैशाख १२, सल्यान । कुपिण्डे तालैमा बोलको गितको म्युजिक भिडियो रिलिज भएको छ । मंगलबार एक कार्यक्रमका विच खलंगामा शारदा नगरपालिकाका प्रमुख प्रकाश भण्डारीले गायक चेतन राईको एल्बम एल्वम स्टेजको विमोचन गरेका हुन् । गितमा गायक चेतन राई र रचना रिमालको आवाज रहेको छ ।

सोही अवसरमा शारदा नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष सविन हमालले उक्त एल्वम भित्र समावेश कुपिण्डेतालैमा बोलको गितको रिलिज गरेका हुन् । शारदा नगरपालिका र त्रिवेणी गाउँपालिकाको सहयोग समेत रहेको म्युजिक भिडियोमा सल्यानका विभिन्न धार्मीैक तथा पर्यटकीय स्थलहरुलाई गितको माध्यमबाट प्रस्तुत गरिएको छ । गायक चेतन राईको शव्द संगीत तथा मनोज थापा मगरको एरेन्ज रहेको छ । नेहा तामाङ, अभिलासा सिंह, मनिषा बस्नेत, संयम सिंह, नविन थापा, आभाष भटट्राई , प्रकाश लामिछाने र पितिका सिंहको अभिनय रहेको म्युजिक भिडियोको सम्पादन तथा निर्देशन फराज अर्पनले गरेका हुन् ।

गायक चेतन राईले जिल्लालाई चिनाउने उद्धेश्यले स्थानीय तह संगको सहकार्यमा म्युजिक भिडियो बनाईएको र गितलाई सबैले माया गरिदिन आग्रहसमेत गरेका छ्न् ।