चुनाब आउदा जनताप्रती नेताको चाप्लुसी – मनकृष्ण डाँगी

फाइल तस्वीर । मनकृष्ण डाँगी

देशमा जब स्थानीय,प्रदेश सभा, प्रतिनीधि सभा चुनाबको लहर आउन्छ तब यी हाम्रा सम्माननीय नेताहरु सोझा साझा जनताहरुको घरदैलोमा पुगेर विकासको आर्दशवादी भाषण गरी मायाको लाल मोहर लगाई जनताहरुको समस्या र देशको विकास प्रती आफु सधै बफादार भएको विश्वास दिलाउन चाहन्छन । अनि त्यही दुई चार वटा खोक्रा शब्दहरु बोलेबै भरमा हामी जनताहरु भाबुक भई ती नेताहरु प्रति सन्तुष्टि भएर आफ्नो अमुल्य मत भष्ट्र व्याक्तिलाई देशको नेतृत्वमा पुंराउनको लागी मरिहत्या गर्दछौ । थाहा छैन हामी सर्वसाधारण जनताहरुलाई त्यो व्याक्तिले चुनाबमा विजयी भएपछि जनताहरुको समस्या र देशको विकास भन्दा पनि आफ्ना आफन्त र कार्यकर्ताहरुलाई देशको संविधानको दुरुपयोग गरेर योग्यता विहिन व्याक्तिलाई उच्च पदमा सिफारिस गर्ने र देशको ढुकुटी भष्ट्राचार गर्ने कार्यमा नै व्यास्त हुन्छन । चुनाब आउदा सम्पूणर् सर्वसाधारण जनताहरुको समस्याको समाधान बन्ने व्याक्ति चुनाबमा विजयी भएपछि आफ्नो ,आफ्ना परिवारको र आफन्तहरुको समस्याहरु समाधान गर्नमा नै आफ्नो कार्यकालको समय वितेको समेत पत्ता पाउदैन्न ।

चुनाब आउदा जनाताको एक – एक समस्या ,देशमा भैरहेको अनियमितता, भष्ट्राचार, देशको हित र विकासको लागी बोल्ने व्याक्ति चुनाबमा विजयी भएपछि आफ्नै दुनो सजाउदैमा व्यस्त हुन्छन अनि उनीहरुले भन्छन हामीले देश र जनताको हितको लागी अमुल्य काम गरेका छौ । हो चुनाबमा यही दुई चार वटा मिठो शब्द बोल्ने ,पैसा भएको व्याक्ति र चुनाबमा विजयी भए पछी हामी सर्वसाधारण जनताहरुको विश्वास प्रति लात हान्ने व्याक्तिहरुलाई समयमा नै पहिचान गर्ने जरुरी छ । चुनाबको लहर नजिकदै गर्दा नेपाल लाई विकसित देशहरुकोा तुलनामा रुपान्नतरण गर्ने व्याक्तिहरु धेरै आउनु भयो तर चुनाबमा विजयी भई सकेपछि नेपालको बिकास र जनताको हितको लागी बोल्ने व्याक्तिहरु भने विरलै भेटाउन मुस्किल भयो अनि त्यही व्याक्तिहरु देशका ठुला दलाल बने तपाई हामीलाई हाम्रा सम्माननीय नेताहरुको माक्र्सवाद ,लेनिनवाद, पूँजीवाद,समाजवाद र साम्यवादका आर्दशवादि भाषण भन्दा पनि हामीलाई संविधानमा उल्लेख गरिएको एउटा देशको सर्वसाधारण नागरिक भएको हैसियतले हामीले पाउनुपर्ने गुणस्तरीय आधारभुत आवश्यकताको लागी आवाज उठाई त्यी समस्याहरुको समाधान गर्ने शिक्षित ,योग्य, ईमान्दार र कर्मनिष्ठ नेतृत्वकर्ता चाहिएको हो ।

क पटक मन्न गरेर सोच्नुहोस आफुले आफैलाई प्रश्न गर्नुस नेपाल भित्रकै जिल्लाहरु हुनु डोल्पा,जुम्ला,हुम्ला,मुगु,कालिकोट,सुर्खेत,काठमाण्डौं मान्छेले जन्म लिएकै आधारमा हरेक सेवा सुविधाहरुमा धेरै फरक छ । काठमाण्डौंमा जन्म लिएको व्याक्तिले जती गुणस्तरीय शिक्षा , स्वास्थ्थ अनि सेवासुविधाहरु उपभोग गर्न पाउन्छ त्यति नै गुणस्तरीय शिक्षा , स्वास्थ्य डोल्पा,जुम्ला,हुम्ला,मुगु,कालिकोटमा जन्म लिएको व्याक्तिले उपभोग गर्न पाउदैन । के जन्म लिएकै आधारमा गुणस्तरीय आधारभुत आवश्यकताहरुमा यति धेरै फरक पर्ने भए कर्णालीका जनताहरु नेपालका नागरिक होइन्न , मेरो प्रश्न छ चुनाब आउदा जनताप्रति मानवीय भावना जनताको समस्या र देशको विकाश प्रति झुटो आश्वासनको चिप्लेसी घस्ने हाम्रा सम्माननीय नेतागणहरु प्रति तपाईको कामले जनताको मन जित्न सिक्नुस ।

चुनाब आउदा सयौ पटक आफ्नो निर्वाचन क्षेत्र गएर जनताहरुलाई मक्ख पार्न नेताहरु चुनाब पछि किन त्यस ठाउको समस्याहरुलाई फर्केर पनि हेर्न चाहदैन्न । चुनाब नजिकिदै गर्दा मात्र हो जनताको घर दैलोमा गएर साहनुभुति देखाउने चुनाब पछि आफ्नै सोझा र साधारण कार्यकर्ताहरुलाई समेत भेटघाट हुदा हजुरको नाम समेत के हो भनेर सोध्ने नेताहरुलाई समयमा नै पहिचान गर्नु पर्छ । चुनाबको चिप्लेसीले जनताको स्वतन्त्र भावना माथी खेलवाड गर्ने नेताको अब कुनै स्थान छैन । निर्वाचनको दुई चार वटा मिठो शब्द र जनता प्रति देखाएको साहनुभुतिले कुनै प्रभाव पादैन । भाषण र सिदान्त भन्दा पनि जनताले पाउनु पर्ने गुणस्तरीय सेवाको आवश्यकता छ । देशमा संघियता आयो सिंहदरबारको सेवा सुविधाहरु जनताको घर-घरमा पुराउन्छु , सरकार बाट पाउनु पर्ने सेवा सुविधाहरु जनतालाई पाउन बाट हामी बन्चित गराउदैनौ ,भौतिक संरचनाको विकास गछौ, व्यवस्थित र नियन्त्रित सडकको निर्माण गछौ, गुणस्तरीय स्वास्थ्थ र शिक्षा उपलब्ध गराउन्छौ ,युवाहरुलाई रोजगारीको अवसर सिर्जना गछौ, समाजमा न्यून वर्ग , अपहेलित व्याक्ति , जनजाती आदिअत्यधिक समस्याहरुलाई हामी निरमुल पाछौ त्यस्ता समस्यहरुको जरो देखि नै समाधान गछौ र तपाईहरुको हकहितको लागी हामी सधै लड्छौ भनेर चुनाबमा जनताको विश्वास माथि खेलवाड गरेर उनीहरु प्रति भ्रम फैलाई चुनाबमा चिप्लेसी घस्दै जनताको घर दैलौ सम्म पुग्ने हाम्रो देशमा नेताहरुको कमी छैन ।

नेताहरुका यस्तै-यस्तै चिप्लेसीका कुराहरु सुनेर जनताहरु मक्ख पर्ने अनि नेताहरु नेतृत्वमा पुगेर देशको ढुकुटी स्र्वाप पार्ने प्रवितृ हाम्रो देशमा कहिले अन्त्य हुन्छ । सर्वसाधारण जनताहरुको छोरा छोरीहरु गरिव भएर जन्म लिएकै आधारमा समाजमा अपहेलित भएर बाच्नु पर्छ । उनीहरुले पाउने शिक्षा र स्वास्थ्थ धेरै फरक पर्दछ । अनि लोकतन्त्रमा मान्छेहरुले स्वतन्त्र भएर बाच्न पाउने अधिकार मात्र होइन उनीहरुले पाउनु पर्ने गुणस्तरीय आधारभुत आवश्यकताहरु उपभोग गर्न पाएको छ कि छैन भनेर देशको नेतृत्वकर्ताले हार्दिक रुपमा मन्न गर्ने जरुरी छ । जनताको समस्या र नेतृत्वकर्ताको समाधानले गर्दा नै जनता र नेतृत्वकर्ताको सम्बन्ध नड्ढ र मासुको जस्तै हुन्छ । त्यसैले मनै देखि जनताहरुले नेतृत्वकर्ता भनि स्वीकार गर्ने व्याक्तिको रुपमा परिचित हुनुस अनि “ चुनाब आउदा जनताप्रति मतको लागी चिप्लेसी घस्नु पदैन । ” जनता आफैले हार्दिक रुपमा स्वीर्कार गर्न बाध्य हुन्छन ।


मनकृष्ण डाँगी
प्रवक्ता डोल्पा