“हिजो युद्द लडाउनेहरु आज पेटीबिटो उचाल्दैछन्/ हिजो बन्दुक उचाल्नेहरु आज बेल्चा पछार्दैछन्

हिजो जनताको छाक मागेर खानेहरु
आज जनताले आफ्नो गाँस कटाएर पालेको भुलिसके
हिजो आफ्नो ज्यानको आहुती र बलिदान दिनेहरु जो मुलुकका कयन शिवपुरीहरुमा पुरिइरहे
जो हिजो मृत्युुलाई जितेर घाउ बोकेर बाँचे
तिनैलाई माइतिघर मन्डलाबाट खेद्ने
प्रचण्ड केपी गठबन्धनका ४ बुँदा पनि देखिए

हिजो युद्द लडाउनेहरु आज पेटीबिटो उचाल्दैछन्
हिजो बन्दुक उचाल्नेहरु आज बेल्चा पछार्दैछन्
अब कसको कुन पार्टीलाई भोट दिएर
कसलाई नव महाराज बनाउने ?
हिजो जुठो भाँडा माझ्दै जनताको गाँस माग्नेहरु
आज तिनै जनतालाई महंगी र खाडीको पुरस्कार दिइरहेछ !

जनतालाई नोकर बनाएर आफू चिल्लो गाडीमा सयर गरिरहेछ
मस्त महलमा एक्सरसाइज गर्दै फुर्तिलो बन्दैछ
रोज मासुभात,दिनहुँ भत्ताले उसलाई सर्वेसर्वा कुर्सी ,शक्ति र पावर भएको छ
देश,जनता र देशभक्तिसँग उसको कुनै नाता छैन
राष्ट्र र राष्ट्रियता बारे बोल्नेहरु आज उसको जनता होइन !

– लक्ष्मण चौलागाईं | हाल काठमाडौं